अलग भए रणवीर–कटरिना ?
शनिबार, ०२ माघ २०७२, ११ : ५४
मुम्बाई – विगत ६ मिहनादेखि लिभ–इन रिलेसनमा रहेका बलिउड जोडी रणवीर कपुर र कटरिना कैफ अलग भएका छन् । भारतीय मिडियाका अनुसार रणवीरले कटरिनासँग बस्दै आएको मुम्बाईको कार्टर रोडस्थित फ्लाट छाडेका छन् र अब उनी आफ्ना आमा–बुवा ऋषि कपुर र नीतु कपुरसँगै बस्नेछन् ।
रणवीर र कटरिना पछिल्लो ६ वर्षदेखि एक अर्कालाई डेट गर्दै आइरहेका छन् । उनीहरुको रोमान्स सन् २००९ मा आएको अजब प्रेमकी गजब कहानीदेखि शुरु भएको थियो । यद्यपि, दुवैले आफ्नो सम्बन्धको बारेमा कहिले पनि खुलेर कुरा गरेनन् र अहिले ब्रेक अपको बारेमा पनि उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।
किन दुवै अलग भए भन्ने विषयमा कुनै ठोस कारण बाहिर नआए पनि विभिन्न मिडियाले विभिन्न आंकलनहरु गरेका छन् । कोहीले तमाशामा सुटिङको दौरान रणवीर र दीपिका नजिक भएका कारण दुवैको सम्बन्ध बिग्रिएको बताएका छन् भने कोहीले रणवीरको आमाबुवाका कारण यस्तो भएको बताएँछन् । धेरै अघि देखि ऋषि र नितुलाई कटरिना मननपरेको खबरहरु बाहिर आएको थियो ।
गत वर्षको नोभेम्बर २७ मा तमाशा रिलिज भएदेखि रणवीर र कटरिनाको ब्रेकअपको अबर बाहिर आउन लागेको थियो । तर क्रिसमसमा कटरिनाले रणवीरको परिवारसँग मनाएपछि उक्त खबर गलत भएको विश्वास गरिएको थियो । अझ दुवैले बालकोनीमा किस गर्दै गरेको तस्विर मिडियामा भाइरलसमेत बनेको थियो ।
तर, रणवीरले अचानक फ्लाट छाडेर जानुलाई धेरैले दुवैको सम्बन्धमाथि प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण