धुलिखेलमा युवा व्यवस्थापिका संसद : राई प्रधानमन्त्री, कार्की सभामुख
काभ्रे – काभ्रेको धुलिखेलमा नमुना युवा व्यवस्थापिका संसद सुरु भएको छ । भूकम्प प्रभावित १४ जिल्लासहित १८ जिल्लाका ८९ युवाहरु सहभागी संसदले प्रधानमन्त्रीमा भोजपुरका सुधिर राईलाई निर्वाचित गरेको छ भने मकवानपुरकी मञ्जु कार्की सभामुखमा निर्वाचित भएकी छन् । कुल खसेको ८९ मतमध्ये ३५ मत ल्याएर सुधिर राई प्रधानमन्त्री निर्वाचित भएका हुन भने ५२ मतसहित कार्की सभामुख निर्वाचित भएकी हुन् । प्रधानमन्त्रीका लागि ६ जना चुनावी प्रतिष्पर्धामा थिए भने सभामुखका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । प्रधानमन्त्रीमा दोश्रो मत ल्याएर पराजित भएकी बाँकेकी समिक्षा गुरुङ प्रमुख प्रतिपक्षी दलको नेता चुनिएकी छिन भने सभामुखमा दोश्रो मत ल्याएर पराजित युवराज तामाङ उपसभामुख चयन भएका छन् । मन्त्री पदका लागि २२ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ओमप्रकाश चौहान गृहमन्त्री, पुर्णकुमारी राई संघिय मामिला तथा स्थानिय विकास मन्त्री, इन्द्र बहादुर खड्का अर्थमन्त्री, अमृत देवकोटा युवा तथा खेलकुद मन्त्री, कोपिला गुप्ता स्वास्थ्य मन्त्री, बिनोद खाती शिक्षा मन्त्री, कुमारी राई महिला बालबालिका तथा समाज कल्याण मन्त्री र मदन बि.क. कानुन, न्याय तथा संसदिय मामिला मन्त्री चयन भएका छन् । ‘सिमान्तकृत युवाहरुको अर्थपूर्ण सहभागीता, समावेशी लोकतन्त्रको सफलता’ भन्ने नारासहित स्विडिस विकास नियोगको सहयोगमा हिमालयन ह्मुमन राईट्स मोनिटर्स(हिमराईट्स)ले राष्ट्रिय युवा व्यवस्थापिका संसदको आयोजना गरेको हो । संसदिय अभ्यासद्धारा भूकम्प प्रभावित क्षेत्रका युवाहरुको नेतृत्व विकास तथा स्थानिय शसक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको हिमराईट्सका अध्यक्ष अञ्जना शाक्यले बताईन् । कार्यक्रममा गोरखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, बाँके, भोजपुर लगायतका १८ जिल्लाका १८ देखि २६ बर्षका सिमान्तकृत युवाहरुको सहभागीता रहेको छ । भूकम्प प्रभावित क्षेत्रका युवाहरुलाई सामाजिक रुपान्तरणको प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गराउने उदेश्यले संसदिय अभ्यास कार्यक्रम आयोजना गरिएको हिमराईट्सका कार्यक्रम संयोजक राजन महर्जनले बताए । चार दिनसम्म सञ्चलन हुने संसदिय अभ्यासपछि धुलिखेल घोषणा पत्र जारी गरिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण