सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गण्डक बाँधको पीडा : भारतको मनपरी, निरिह नेपाल

शनिबार, ०२ माघ २०७२, १५ : १३
शनिबार, ०२ माघ २०७२

नवलपरासी – नवलपरासीका किसानले गहुंमा पानी सिंचाई गर्न अझै पाएका छैनन् । नेपाल गण्डक पश्चिम नहरमा पानी नआएपछि कमाण्ड क्षेत्रका किसानले सिंचाई गर्न नपाएका हुन् । नेपाल भारत संयुक्त परीयोजना त्रिबेणीको गण्डक बाँधमा पानी सतह वाटर लेबल निमील्दा नेपाल तर्फको पश्चिमी नहरमा पानी आउन नसके पछि किसानलाई सिंचाईमा समस्या भएको पश्चिमी नहर समितिका सदस्यहरुले बताए । भारतीय पक्षको हातमा नेपाल तर्फको पश्चिमी नहरको समेत ताला रहने हुँदा नेपाली नहरमा पटक पटक विभिन्न समस्या आउने गरेका छन् । यो समय नारायणी नदिमा पानीको बहाब कम भएकाले भारतीय पक्षले आफनो मुल नहरमा पानी घटने डरले नेपाल तर्फको पश्चिमी नहरमा वाटर लेभल मेन्टेन नगरी दिएको सिंचाई कार्यालय सेमरी नवलपरासीले जनाएको छ । वाटर लेभल मेन्टेन नभए पछि नेपालतर्फको पश्चिमी नहरमा पानीको बुंद समेत नछिर्ने यसका जानकार प्रेमचन्द्र गुप्ताले जानकारी दिए । नहरमा पानी नआएपछि कमाण्ड क्षेत्रका चौध गाबिसका हजारौ किसानले गहुको समयमा सिंचाई गर्न पाएका छैनन् । नहरमा पानी नआएपछि पम्पसेट लागाएर सिंचाई गर्न किकसानहरु बाध्य भएका छन् जसका कारण उत्पादन लागत बढ्ने किसानको भनाई छ । नहरमा पानी नआउने र भारतीय अघोषीत नाकाबन्दिले डिजेल नपाएर सिचाई गर्न नपाएको किसानको गुनासो छ । नारायणी नदिमा पानीको बहाव धेरै भएमा मात्र नेपाली किसानले सिंचाईकालागी पानी पाउने छन, कमाण्ड क्षेत्रका रामकृपाल गिरीले बताए । बर्षातमा भारती पक्षले अध्याधीक मात्रमा नेपाल तर्फको पानी सतह बढाई दने गर्दा नवलपरासीका दक्षिणी १३ गाउ बिका समितिले बर्षेनी बाढीको समस्या झेल्दै आउनु परेको र हिउदमा सिंचाई समेत गर्न नपाईने समस्याले किसानलाई समस्यै समस्याले गाँजेको गिरीको गुनासो छ । नेपाल भारत गण्डक संझौतामा नेपाललाई २ सय ५० क्वीसेक पानी दिने भनीएको छ । गहुंको सिजनमा पानीको तह मिलाई पश्चिमी नहरमा पनी देउ भन्दा भारती पक्षले पटक्कै नसुनेको पश्चिम नहर समितिका पदाधीकारीहरुको भनाई छ । गण्डक सम्झौताको कार्यान्वयन गर्न स्थापित भुआर्जन कार्यालय पनि निरही जस्तै बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप