सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकता कायम गरेर मात्र संकटको सामना गर्न सकिन्छः अध्यक्ष प्रचण्ड

शनिबार, ०२ माघ २०७२, १४ : २८
शनिबार, ०२ माघ २०७२

काठमाडौं - अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता कायम गरेर मात्र वर्तमान संकटको समाना गर्न सकिने बताएका छन् । राजधानीको शान्ति बाटिकामा आयोजित १८ औं भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय पुनर्निर्माण महा–अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, ‘भूकम्प आएपछि प्रतिपक्षको हैसियतले राष्ट्रिय एकता कायम गर्न पहलकदमी लियौं । संकट समाधानको निम्ति राष्ट्रिय एकताको पहलको लागि हामीले संकल्प ग¥यौं । यदि हामीले त्यो पहल नगरेको भए यो स्थितिमा हुने थिएनौं ।’ उनले आजको दिन संकल्प र पुनर्निर्माण गरि छाड्ने प्रतिवद्धताको दिन पनि भएकाले प्रतिबद्धता व्यक्त गर्न कै लागि बोलिरहेको बताए । प्रचण्डले भने, ‘बैशाख १२ गतेको भूकम्पले तरंग र स्तब्दता ल्यायो । हामीले नयाँ निर्माणको सङ्कल्प गर्नुपर्छ भनेका थियौं । भूकम्पको बेला प्रधानमन्त्री बाहिर हुनुहुन्थ्यो । छिमेकी र मित्र राष्ट्रहरुले सहयोग गर्न उत्सुक्ता देखाएका थिए । मैले प्रधानमन्त्रीलाई पुनर्निर्माणमा प्रतिपक्षको भूमिकाले होइन सत्ता पक्षकै भूमिका खेल्ने भनेको थिएँ । । यदि हामीले त्यसो नगरेको भए निकै खराव स्थितिमा रहने थियौं । १९९० सालमा भन्दा हामी ज्ञान र विज्ञानको दृष्टिले निकै अगाडि छौं । गम्भीरताका साथ पुनर्निर्माणलाई नवनिर्माणमा लानुपर्दछ ।’ प्रचण्डले भूकम्पको राहतमा नमिठा र लज्जास्पद कुरा पनि सुन्नमा आएको बताउँदै भूकम्प पीडितको निम्ति आएको राहतमाथि भ्रष्टाचार, कालाबजारी भएको प्रति दुःख व्यक्त गरे । उनले समग्र रुपमा पुनर्निर्माण अभियानमा सरकारलाई सहयोग गर्न पार्टी पूर्ण प्रतिवद्ध भएको जानकारी दिए । ‘जनतालाई हामी पहलकर्ता र निर्माणकर्ता हौ भन्ने महसुश गराएर मात्र यो अभियान सफलतामा पु¥याउन सकिन्छ । गुणस्तरमा कुनै पनि हालतमा सम्झौता नगरियोस् । नाकाबन्दीले पुनर्निर्माणमा सामान अभावमा समस्या उत्पन्न भएको छ । विदेशी मित्रहरुले यो स्थितिलाई ध्यान दिनेछन् । भूकम्पमा मृत्यु हुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला लगायतका उच्च व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप