DNN@Ground Zero : भूकम्पपीडित गाँउमा समाचारको हल्ला...
दोलखा – भूकम्पको नौ महिनाछि पनि दोलखावासीमा अर्को भूकम्पको चिन्ताले छाडिसकेको छैन् । अझ पछिल्लो पटक अन्तर्राष्ट्रिय संचारमाध्यमबाटै नेपालमा भूकम्पको जोखिम कायमैरहेको समाचार प्रकाशमा आएपछि स्थानीयहरु अरु चिन्तित बनेका छन् । ‘फेरि अर्को भुकम्प आउँदैछ’ भन्ने समाचार सार्वजनिक भएपछि जिल्लाको भिमेश्वर नगरपालिकाका स्थानीय चन्द्रबहादुर थामी थप चिन्तित बने । ७२ बर्षीय थामी बुढेसकालमा पटक–पटक भूकम्प आउने हल्लाबाट धेरै नै तनावमा छन् । सरकारको न्यानो कपडा नपाएका उनले ‘राहत होइन, भूकम्प आउँछ भन्ने हाल्ला मात्र आउँछ । यो हल्लाले राहतको लोभ लाग्न छाडिसक्यो ।’ थामी जस्तै अरुपनि चिन्तामा छन् । ‘वैशाख र जेठभर घर बाहिर नै सुत्यौं, अझै पनि सानोतिनो भुकम्प आइनै रहेको छ । अझ ठूलो भुकम्प आउँछ भन्ने हल्लाले त डर मात्र ल्याउँछ’ भिमेश्वर नगरपालिका कै मन बहादुर श्रेष्ठले राटोपाटीसँग भने । अन्तर्राष्ट्रिय संचारमाध्यमले समेत समाचार बाहिर ल्याएपछि स्थानीयहरुमा भय बढेकोहो । पूर्ण बहादुर श्रेष्ठ भन्छन्, ’बाहिर बस्न चिसोले दिंदैन, कहाँ बस्ने भन्ने चिन्ता छ ।’ धेरैले घरमा झ्याल ढोका नलगाई रात काट्ने गरेका छन् । राहत नपाएकाहरुत यस्ता हल्लाबाट थप पीडित छन् । भिमेश्वर नगरपालिकाका किराना पसले रविन प्रधाने बिबिसीको रिपोर्ट सुनेकाथिए । रिपोर्टमा पछिल्लो अध्ययनले यो क्षेत्र भविष्यमा पनि त्यस्तै प्रकृतिको भूकम्पको जोखिममा रहेकोउल्लेख गरिएको थियो । रिपोर्टमा ‘नेपालमा आठ हजार भन्दा बढीको ज्यान जाने गरी गएको ७.८ म्याग्निच्युडको भूकम्प, भारतीय प्लेटमध्ये एसियाली प्लेटमा धसिँदै जाने क्रममा उत्पन्न भएको हो, वैज्ञानिक भाषामा ‘टेक्टोनिक कोलिजन’ भनिने यसले हिमालय पर्वतमालाको दक्षिणी भेगमा जमिनका विशाल खण्ड एकआपसमा घर्षण हुने प्रक्रियाबाट नै ठूला कम्पन उत्पन्न गराउँछन् ।’ भनिएको छ । ‘नेचर जिओसाइन्स’ जर्नलसँग कुरा गर्दै ती अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘त्यस्तो फल्ट लाइन कोण बनाएर रोकिएको भाग नै भविष्यमा हुने भूकम्पका स्रोत हुन सक्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण