१४० हप्तामा बागमती सफाइबाट १८ टन फोहर निकालियो
काठमाडौँ - बागमती सफाईको १४० हप्तामा सिनामङ्गल क्षेत्रबाट आज १८ टन फोहर निकाली व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।
एकपटक सफाइ गरेर सामान्य अवस्थामा पु¥याएको स्थानमा कस्तो छ भनी जाँच गर्ने उद्देश्यले सफाइ सिनामङ्गल पुल क्षेत्रमा गरिएको अभियन्ता जीवन विज्ञान नेपालका संस्थापक रमेश नेपालले जानकारी दिए ।
“एकपटक सफाइ गरेर सफा भयो भनी छोडेर तल सफाइ गर्न गएर फेरि पुरानै स्थानमा सफा गर्न आउँदा धेरै फोहर पाइयो, हिँड्दैछ पाइला मेट्दैछ भने जस्तै फोहर हाल्नेको दिमागमा अझै चेतना जागेन, अबको अभियान यसमा केन्द्रित गर्नुपर्ने देखियो”–उनले भने ।
आजको सफाइमा नेपाली सेना, नेपाल प्रहरीलगायत अभियन्ताको सहभागिता थियो । प्रमुख अभियन्ता एवम् पूर्व मुख्यसचिव लीलामणि पौडेललगायतको सफाइमा सहभागिता थियो । गुह्येश्वरीमाथिको बागमतीमा सफाइ गर्दै आएका संस्थाले पनि आज गोकर्णसम्मको नदीबाट फोहर निकालेको अभियानकर्ता उत्तम पुडासैनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण