सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूराना नेताले अब सक्दैनन, कांग्रेसलाई म हाँक्छु : नेत्री कोइराला

शनिबार, ०२ माघ २०७२, १५ : ३२
शनिबार, ०२ माघ २०७२
 गुल्मी - नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँगेसका पुराना नेतालाई अब विश्राम लिई अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छिन् । पुराना नेताले नेतृत्व लिएर पार्टीमा योगदान दिइसक्नु भएको भन्दै नेत्री कोइरालाले अब नेतृत्व हस्तान्तरण गरेर अभिभावकको रुपमा बस्न नेतालाई सुझाव दिए । पार्टीको १३ औँं महाधिवेसनको लागि जिल्ला दौडाहामा निस्कनु भएकी नेत्री कोइरालाले शनिबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवाको नेतृत्व गर्दै आफू कांँग्रेस सभापतिका लागि इच्छुक भएको बताए । उनले भन्नुभयो, ‘पूराना नेताले अब सक्दैनन, मैले विश्व बुझेकी छु, कांग्रेसलाई हाँक्नसक्छु ।’ नेत्री कोइरालाले आफू युवाको नेता भएको बताउँदै कांँग्रेसलाई आधुनिक तरिकाले चलाउनसक्ने दाबी गरिन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप