मोर्चाका मागबारे माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय
काठमाडौँ - प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी मोर्चासँग यही माघ ५ गते अगावै सहमति गर्ने निर्णय गरेका हुन् ।
प्रमुख तीन दल र मधेसी मोर्चाका तर्फबाट गठित कार्यदलको बैठकमा भएका प्रगतिको समीक्षा गर्दै बैठकले उपयुक्त विषयलाई समझदारी पत्रमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचारविमर्स गरेका थिए ।
तीनवटै दलले मोर्चालाई सहमतिमा ल्याएर उसको हस्ताक्षरसहित संविधान संशोधनमा सहभागी गराउने कसरत भएको बताएका छन् ।
मोर्चाको ११ बुँदे मागमध्ये अधिकांश विषय सहमतिमा पुगिसके पनि मुख्य प्रदेश सीमाङ्कनको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा दल छलफलमै छन् ।
यद्यपि उक्त विषयलाई कुन भाषाबाट कति अवधिमा सम्बोधन गर्ने भन्नेबारे आज दिउँसो बस्ने कार्यदलको बैठकपछिको प्रगतिलाई समेत आधार मानेर निर्णयमा पुगिने नेताहरुले बताएका छन् ।
तीन दलका नेताहरुले आइतबारसम्म सहमतिमा हस्ताक्षर गर्नेगरी सकारात्मक ढङ्गले कुराकानी अघि बढेको प्रतिक्रिया दिए । आगामी ५ गते बस्ने व्यवस्थापिका–संसदको बैठक अघिनै सहमति गर्ने गरी छलफल अघि बढेको बताइएको छ ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सहमतिमा ल्याई उनीहरुको समेत हस्ताक्षरमा आगामी ५ गतेको संसदको बैठकमा संशोधन गरिने उल्लेख गरे ।
उनले मोर्चाका मागलाई आइतबारसम्म सहमति खोज्नका लागि तीन दल एकमत भएको र सहमतिको मस्यौदालाई कसरी मिलाउने, प्रदेश सीमाङ्कनको विषयलाई कसरी लेख्ने, राजनीतिक समितिको कार्यविधि कस्तो हुने भन्नेबारे छलफल चलिरहेको बताए ।
उपसभापति पौडेलले मोर्चाका मागलाई संविधानको अनुसूचीमा राख्न पनि आफूहरुको कुनै आपत्ति नभएको तर अहिलेको जारी गतिरोध कसरी अन्त्य गर्ने भन्नेमा सबै दल सहमत भएको उल्लेख गरे ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ५ गते अघि नै सहमति खोज्ने गरी तीन दलकाबीच सकारात्मक कुराकानी भएको उल्लेख गरे ।
“ कार्यदलले जुन ढङ्गले मधेसी मोर्चासँग छलफल गरिरहेको छ, त्यसको रिपोर्ट सुनियो, त्यो सकारात्मक पाइयो । भोलिसम्म एउटा टुङ्गोमा पुग्ने गरी गहिरो छलफल भइरहेको छ, सकेसम्म ५ गते अघि नै सहमति खोज्ने निर्णय भएको छ ।”
एकीकृत नेकपा ९माओवादीका० उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको बैठकमा शुक्रबार कार्यदलमा भएको प्रगतिबारे समीक्षा भएको र मोर्चा सकारात्मक रहेकाले बुँदागत रुपमै लिखित रुपमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्नेगरी छलफल भएको बताए । कार्यदलका सदस्य एवम् नेपाली काँग्रेसका नेता महेश आचार्यले आजको बैठकमा कार्यदलस्तरमा भएको छलफलको समीक्षा हुनुको साथै सीमाङ्कनमा कसरी सबैको चित्त बुझ्ने गरी बुदाँ समेट्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।
सीमाङ्कनको विषयलाई राजनीतिक सहमतिबाट टुङ्गो लगाउने भनिए पनि त्यसको कार्यविधि कस्तो बनाउने भन्नेबारे छलफल चलिरहेको त्यस विषयमा भोलिसम्म सहमतिमा पुगिने उनले उल्लेख गरे ।
प्रमुख तीन दल र मोर्चाद्वारा गठित कार्यदलको बैठक दिउँसो पुनः बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण