तनहुँ उद्योग वाणिज्य संघमा मानकाजी श्रेष्ठ प्यानल अत्याधिक मतले बिजयी
तनहुँ - तनहुँ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न भएको अधिवेशनबाट मानकाजि श्रेष्ठ प्यानलका उम्मेदवारहरु बिजयी भएका छन्।
श्रेष्ठ प्यानल बाट प्रथम उपाध्यक्षमा वैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा यसअघि नै महेन्द्रकुमार सर्वसम्मत भएका थिए। श्रेष्ठ प्यानल लोकतान्त्रिक गठबन्धनका नजिक रहेको मानिन्छ ।
शनिबार रातभर भएको मतगणनापछि आइतबार बिहान प।िरणाम सार्वजनिक भएको हो । निर्वाचनमा मानकाजी श्रेष्ठले १ हजार ५२९ मत ल्याइ बिजयी हुँदा उनका प्रतिस्पर्धि ईश्वर बिष्टले १ हजार मत ल्याएका छन । श्रेष्ठ प्यानलका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले १ हजार ४४२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धि इश्वर बिष्ट प्यानलका बिमल रिमालले १ हजार ८६ मत ल्याएका छन् ।
श्रेष्ठ प्यानल बाट द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले १ हजार ५३३ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धि इश्वर बिष्ट प्यानलका बाबुराम सुनार ९ सय २५ मत ल्याएका छन् ।

एसोसिएट सदस्यमा भने इश्वर बिष्ट प्यानलका हरिबहादुर खड्का ९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धि श्रेष्ठ प्यानलका परशुराम अधिकारीले ६ मत प्राप्त गरेका छन् । शनिबार भएको तनहुँ उद्योग वाणिज्य संघको निर्वाचनमा २ हजार ५ सय ६६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण