बसको ठक्करबाट दमौलीमा पैदल यात्रीको मृत्यु
आइतबार, ३० पुस २०७४, १२ : ०५
तनहुँ । तनहुँको व्यास नगरपालिका– १ दमौली बजार नजिक छाब्दीचोकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
आइतबार बिहान पोखराबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक न्यौपाने दूध बिक्रीका लागि दमौलीतर्फ आउँदै गरेका थिए । न्यौपानेको शव दमौली अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा
-
जमानत जफतपछि रास्वपाको प्रतिक्रिया : हामीलाई सचेत गराएको छ
-
काठमाडौँको दुई स्थानमा दिनदहाडै चोरी
-
समाजवादी प्रेस सङ्गठनले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’
-
विभिन्न १२ स्थानमा आगलागी, करोडौँको क्षति
-
काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु