बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय

बुधबार, २७ जेठ २०८३, १६ : ५२
बुधबार, २७ जेठ २०८३

सारांश

  • नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले संसद् सुचारुका तीन उपायबारे जानकारी दिएका छन्।
  • थापाले नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको भनाइ ऐतिहासिक कमजोरी स्वीकार गरेमा संसद्को गतिरोध अन्त्य हुने बताए।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुखले प्रधानमन्त्रीको वक्तव्य संसद्को अभिलेखबाट हटाउने रुलिङ गरेमा समस्या समाधान हुने बताए।

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद् सुचारुका तीन वटा उपायबारे जानकारी दिएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले ती तीन उपायबारे संसद्लाई जानकारी दिएका हुन् । 

उनले भने,‘वर्तमान सङ्कट जेठ १७ गते प्रधानमन्त्रीले नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको छ भने देखिनै उत्पन्न भएको हाम्राे ठहर छ ।’

उनले हालको सङ्कट मोचन प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसद्को गतिरोध अन्त्य समाधान हुने बताए ।

त्यस्तै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने बताए । थापाले सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोलेको वक्तव्यलाई संसद्को अभिलेखबाट हटाउने रुलिङ गरेमा समस्या समाधान हुने बताए ।

थापाले यी कुरा नभएसम्म संसद्को अवरोध नहट्ने भन्दै मुख्य विषय समाधान नगरी सहायक विषयमा अघि बढ्न नसकिने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप