आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका ‘अशिष्ट’ र ‘अपमानजनक’ शब्दप्रति आपत्ति जनाएको छ ।
- रास्वपा सांसद समीक्षा बास्कोटाले ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसद्को मर्यादा विपरीत रहेकोले संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
- बास्कोटाले सत्तापक्षका सांसदहरूलाई ‘मुर्दा लास’ को संज्ञा दिनु र १८२ जना सांसदलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दहरूले संसद्को अपमान गरेको भन्दै सभामुखसँग रेकर्डबाट हटाउन माग गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका ‘अशिष्ट’ र ‘अपमानजनक’ शब्दप्रति आपत्ति जनाएको छ । रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै संसद्को गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गरिन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराइन् । त्यो उपनियम अनुरूप ‘सदनको चीरहरण’ ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसद्को मर्यादा विपरीत रहेकोले संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
सत्तापक्षका सांसदहरूलाई ‘मुर्दा लास’ को संज्ञा दिइएको प्रति आक्रोश पोख्दै बास्कोटाले भनिन्, ‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ। हामी कुन विषय बोल्ने र कुन नबोल्ने भन्नेमा सचेत छौँ र जिम्मेवार छौँ।’ उनले संसद् सत्तापक्ष वा प्रतिपक्षको मात्र नभई नागरिकको आवाज उठाउने साझा थलो भएको बताइन् ।
बास्कोटाले आफूहरू सदनको चीरहरण भएको हेर्न नभई ३५ वर्षदेखि बेथितिको बोझ बोकेर नागरिकको चीरहरण भएको चाहिँ हामी मेटाउन आएको बताइन् ।
सत्तापक्षका १८२ जना सांसदलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दहरूले संसद्को अपमान गरेको भन्दै सांसद कठायतले ती शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाउन सभामुखसँग उनले माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा नाराबाजीसहित बेल घेराउ, पेलेरै अघि बढे सभामुख (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण