बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

ट्र्याक्टरले थिचेर चालकको मृत्यु

सोमबार, ०३ फागुन २०७२, ११ : ११
सोमबार, ०३ फागुन २०७२
तनहुँ– आफैँले चलाएको ट्र्याक्टरले थिचेर तनहुँमा एक ट्र्याक्टर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार जिल्लाको जामुने गाविस वडा नं ९ बस्ने २८ वर्षीय बलराम सुनारको गएराति ट्र्याक्टर दुर्घटनामा परी मृत्य भएको हो । श्याम्घाबाट देउरालीतर्फ जाँदै गरेको ग१त ३४७३ नंको ट्र्याक्टर श्याम्घा गाविस–९ स्थित बाह्रबिसेको कच्ची सडकबाट करिब १० फिट तल खस्दा सो दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुग्दा त्यही ट्र्याक्टरले चालक सुनारलाई थिचेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप