शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानी मोडलको अफ्रिदीलाई अफर : भारतलाई हराए ‘स्ट्रीप डान्स गर्छु’

बुधबार, ०३ चैत २०७२, १३ : ४२
बुधबार, ०३ चैत २०७२

इस्लामाबाद – एक पाकिस्तानी मोडलले पाकिस्तानी क्रिकेट टोलीसामु अनौठो अफर राखेकी छिन् । जारी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई हराए, कप्तान शाहिद अफ्रिदी र आफ्ना फलोअरका लागि स्ट्रीप डान्स गर्ने प्रस्ताव गरेकी छिन् । कंदील बलोच नाम गरेकी पाकिस्तानी मोडलले आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै सो अफर गरेकी हुन् । उनी प्राय यस्तै विवादीत बयानका कारण चर्चामा रहन्छिन् । यसअघि एसिया कपको दौरान पाकिस्तानसँग पराजित भएपछि उनले अफ्रिदीलाई पागल भनेकी थिइन् र उनी पाकिस्तानको कप्तान रहुन्जेल पाकिस्तानी क्रिकेटले केही हासिल नगर्ने बताएकी थिइन् । उनले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा पनि भिडियो जारी गरेकी थिइन् । उनलाई पाकिस्तानको पुनम पाण्डे पनि भनिन्छ । सन् २०११ को विश्वमा पुनमले पनि भारतीय क्रिकेट टोलीले विश्वकप जिते नांग्निे बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप