शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पपछि क्षतिग्रस्त अस्पताल निर्माण कार्य सुरु

बुधबार, ०३ चैत २०७२, १३ : ५१
बुधबार, ०३ चैत २०७२

रसुवा  - भूकम्पपछि क्षतिग्रस्त जिल्ला अस्पताल व्यवस्थित तरिकाले सञ्चालन गराउन निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार क्यानडियन रेडक्रसको सहयोगमा रसुवा रेडक्रसले प्रिफेबमोडेलबाट १५ शय्याको अस्पताल बनाउन लागिएको हो । आफ्नो संस्थाले गर्ने कामको सार्वजनिक गर्दै सरोकार निकाय माझ रेडक्रसले उक्त प्रिफेबमोडेलको भवन विसं २०७३ पुस मसान्तसम्म ४३ हजार रसुवालीको साझा अस्पताल व्यवस्थित गरिने सभापति तामाङले बताउनुभयो । गत वैशाख १२ को भूकम्पले जिल्ला अस्पताल भत्काएपछि क्यानडियन रेडक्रसले नै टेन्टको माध्यमबाट सेवा सुचारु गराउन सहयोग गदै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पच्चीस वर्षसम्म बलियो र टिकाउ हुने प्रिफेब मोडेलको संरचना बनेपछि जिल्ला अस्पताल धुन्चेमा प्रभावकारी तवरले स्वास्थ्य सेवा दिन सकिने डा. विवेककुमार लालले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप