दोस्रो चरणको स्तरोन्नतिपछि खुल्यो जुफाल विमानस्थल
बुधबार, ०३ चैत २०७२, १३ : ५८
डोल्पा –डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको बन्द जुफाल विमानस्थल आजदेखि पुन सुचारु गरिएको छ । विमानस्थलमा दोस्रो चरणको चालिस मिलिमिटर तल रोडा बिछाउने काम सम्पन्न भएपछि पन्ध्र दिन देखि बन्द बिमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको आयोजना प्रमुख बिर प्रसाद शाहीले जानकारी दिए । पन्ध्र दिनसम्म बन्द अबस्थामा रहेको बिमानस्थल आजदेखि सुचारु भएपछि दैनिक उपभोग्य बस्तुको सहज अपुर्ति भएको छ भने जिल्ला बाहिर आवत जावतगर्न समेत सहज भएको छ । कालोपत्रेका लागि आवाश्यकपर्ने सामाग्रिहरु ढुवानी गरेर केहि महिना भित्रै कालोपत्रेकालागी काम सुचारु गरिने समेत शाहीले बताए आज तारा एअरलाईन्सले नेपालगञ्ज देखि दुईवटा उडान भरेको थियो । नेपाल नागरीक उड्ययन प्राधिाकरणले बिमानस्थल कालोपत्रेकोलागि नौ करोड सत्तरी लाख रकम बिनियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण