शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घले एनआरएन कोरियाबाट बर्खास्त

बुधबार, ०३ चैत २०७२, १४ : १४
बुधबार, ०३ चैत २०७२
काठमाडौं– एनआरएन कोरियाका सचिव सोगेन्द्र घले बर्खास्तीमा परेका छन् । घले विवादास्पद गतिविधिमा संलग्न भएको भन्दै समाचारहरु सार्वजनिक भएसँगै उनलाई बर्खास्त गरिएको हो । ‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्यसमितिको बैठकले संस्थाका सचिव सोगेन्द्र घले यस अघि विना सूचना लगातार तीन पटक भन्दा बढी कार्यसमितिको बैठकमा अनुपस्थित भएको र पटक-पटक सम्पर्क गर्दा समेत सम्पर्क विहिन रहेकोले यस संस्थाको विधानको परिच्छेद ६ को धारा १६ को उपधारा १६.१.४ बमोजिम निजलाई राष्ट्रिय समन्वय परिषददक्षिण कोरियाको सचिव पदबाट बर्खास्त गरेको  जानकारी गराइन्छ’ , एनआरएन कोरियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।   एनआरएन कोरियाले घलेलाई सचिव पदबाट बर्खास्त गरिसकेको सन्दर्भमा निजको व्यक्तिगत क्रियाकलापलाई जोडेर एनआरएन कोरियाको गरिमा र मर्यादामाथि आंच पुग्ने खालका समाचार प्रकाशित नगर्न सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ । हुन्डीको नाममा कोरियामा रहेका नेपाली कामदारको करिब २ करोड ९० लाख रुपैयाँ लिएर घले फरार भएका थिए । घलेले सस्तो दरमा नेपालमा पैसा पठाइदिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप