त्रिशुली करिडोरमा प्राधिकरण निर्देशकको अर्को चलखेल शुरु
काठमाडौं – समुन्द्रटार–त्रिशुली ३ बी प्रशारण लाइनको निर्माणको लागि प्राविधी प्रस्तावमा जवर्जस्ती समावेश गरीएको सिनो हाईड्रो (मुडवरी एण्ड जोशी जेभी) कम्पनी आर्थिक प्रस्तावमा भने शुरुमै अयोग्य देखिएको छ । सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने चाईनाको सिसिसि ईटर्नल भन्दा साढे ४ करोड बढी महंगो प्रस्ताव फेला परेपछि सिनो हाईड्रो पहिलो पहिलो चरणमै फालिएको हो । प्राविधीक प्रस्तावमै अयोग्य ठहरिएको सिनोलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जवर्जस्ती आर्थिक प्रस्तावमा समावेश गर्नका लागि सिफारीस गरेका थिए । तर प्रस्तावको शुरुवातीमै सिनोले महंगो प्रस्ताव पेश गरेको फेला परेपछि प्रतिस्पर्धाबाट बाहिरिएको प्रस्ताव मूल्यांकन समिति स्रोतले बतायो । करीडोर निर्माणका लागि सिसिसि ईटर्नले ८६ करोड ४९ लाख ९६ हजार रुपैयाँ प्रस्ताव गरेकोमा सिनोले ९० करोड ९७ लाख ९८ हजा रुपैयाको आर्थिक प्रस्ताव पेश गरेको छ । ‘सबैभन्दा कम प्रस्ताव गर्ने चाईना ईटर्नको भन्दा सिनोहाईड्रोको ४ करोड ५१ लाख २ हजार ७२ रुपैयाँ बढी छ ’ प्राधिकरणका एक कर्मचारीले भने ‘स्पेनको कोब्राले भने सबैभन्दा धेरै २ अर्व ६४ करोडको प्रस्ताव पेश गरेको छ ।’ अख्तियार पनि मौन प्राविधीक प्रस्तावमै सिनो अयोग्य ठहरिएको थियो । तर काँग्रेस नेतृ सुजाता कोईरालाको सहमतिमा कार्यकारी दिर्नेशक काफ्लेले उसको पनि आर्थिक प्रस्ताव खोल्न सिफारीस गरेका थिए । काफ्लेले सिनोलाई ठेक्का दिएर प्राधिकरणलाई करोडौ नोक्सानी पु¥याउन लागेको भन्दै प्राधिकरणकै कर्मचारीले पटक पटक अख्तियारमा मुद्दा दायर गरेपनि अख्तियारले यो विषयमा कुनै निर्णय लिएको थिएन । काफ्लेलाई मनपरी गर्न मौन स्विकृती दिए पनि अन्ततः सिनो आफै नै महंगो प्रस्ताव पेश गरेर पन्छिएको छ । फेरी चलखेल शुरु आर्थिक प्रस्तावको शुरुवाती चरणमा चर्को प्रस्ताव गरेर फालिएको भएपनि सिनोलाई ठेक्का प्रकृयामा समावेश गर्न काफ्लेले फेरी खेल शुरु गरेका छन् । पटक पटक प्राधिकरणका ठेक्का लिएर समयमै काम सम्पन्न नगरी करोडौँ घाटा पु¥याएको कम्पनीलाई सिफारीस गरेको विषयमा अख्तियार नै मौन बसेपछि काफ्लेले फेरी आफ्नो साथीको कम्पनीलाई ठेक्का दिन खेल शुरु गरेका हुन् । ‘शुरुवाती प्रस्ताव पो महंगो देखियो तर त्यसभित्रका अन्य कम्पोनेण्टहरुमा सस्तो र सहुलियत हुनसक्छ भनेर मूल्यांकन समितिलाई दवाव दिएका छन्’ प्राधिकरणका एक उच्च कर्मचारीले भने ‘खुलेआम दवाव दिएपछि प्रस्ताव मूल्यांकन समिति पनि तनावमा परेको छ ।’ तीनवटै कम्पनीको आर्थिक प्रस्तावमा २० पाना भन्दा बढी छन् । अहिले मूल्यांकन समितिले एक एक गरेर प्रस्तावका विषय केलाईरहेको छ । काफ्लेले पाना घटाउने र लुकाउन पनि सक्ने भन्दै यसका लागि सचेत हुन मूल्यांकन समितिले सबै पक्षलाई सचेत भने गराईसकेको छ । पहिलाको पनि अयोग्य एडिबी र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाका लागि आयोजना कार्यन्यवन निर्देशनालयका उप कार्यकारी निर्देशक सुरेन्द्रराज भण्डारी संयोजकत्वको मूल्याङ्कन समितिले मुडवरी एण्ड जोसीको प्रस्ताव अयोग्य ठहराएको थियो । तर कम्पनी सिफारिस गर्न पाउने आफ्नो अधिकार दुरुपयोग गर्दै काफ्लेले आफ्नै साथीको कम्पनी भएको कारण उक्त कम्पनीको नाम समेत सिफारीस गरेर पठाएका हुन् । उक्त योजनाका लागि गतवर्ष मार्च १५ मा आह्वान गरिएको थियो । टेण्टरमा ५ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । डवल ईन्भलप प्रणालीको ठेक्का प्रकृयामा मूल्याङ्कन समितिले प्राविधिक प्रस्तावको मूल्यांकन गरी स्पेनको कोब्रा र चीनको ईटर्नल–सिसिसिई–एफईपिईसिको संयुक्त उपक्रमको प्रस्ताव स्विकृत गरेको थियो । काफ्लेले मुल्याङ्कनकै समयमा काफ्लेले आफ्नो साथीको मुडवरी एण्ड जोसीलाई जसरी पनि प्राविधिक प्रस्तावमा योग्य ठहराउन दवाव दिएका थिए । तर मूल्यांकन समितिले उनको दवाव नमानेपछि काफ्लेले मूल्यांकन समितिलाई दवाव दिई अयोग्य कम्पनीलाई ठेक्का दिन पुनर्मूल्यांकन गर्नका लागि पत्राचार गरेका थिए । मूल्यांकन समितिको प्रस्तावमा आफ्नो साथीको कम्पनी नपरेपछि उनले लामो समयसम्म सिफारीस नै रोकेर राखे । उक्त कुरा रातोपाटीमा सार्वजनिक भएपछि मूल्यांकन समितिले पेश गरिसकेको प्रतिवेदन लुकाएर अयोग्य ठहरीएको कम्पनीको नाम समेत सिफारीस गरेर पठाएका थिए । समितिले सिफारीस गरेको लामो समयपछि मात्रै उनले आर्थिक प्रस्ताव खोल्नका लागि पत्राचार गरेका हुन् । मुडवरी एण्ड जोशी कम्पनीमाथि विगतमा प्राधिकरणका धेरै ठेक्का समयमै सम्पन्न गर्न नसकेर प्राधिकरणलाई घाटा लगाएको कम्पनीका रुपमा परिचित छ । ‘सवस्टेशन र ट्रान्समिसन लाईनका धेरै ठेक्का लिने, समय बढाउने र काम नगरेर करोडौँ घाटा लगाउने कम्पनी हो यो’ स्रोतले भन्यो ‘यसपटकको ठेक्कामा पनि प्राविधि मुल्यांकनको क्रममा फालिएको उक्त कम्पनीलाई ठेक्का दिन काफ्लेले माहोल बनाईरहेका छन् ।’
हेर्नुहोस तीन वटै कम्पनीका प्रस्तावित मूल्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण