शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बन्ने भयो सिग्देल बन्धुहरुको सुविधासम्पन्न भवन

बुधबार, ०३ चैत २०७२, १४ : ३९
बुधबार, ०३ चैत २०७२

काठमाडौं– देशभरका सिग्देलहरुको संगठन ‘सिग्देल बन्धु प्रतिष्ठान नेपाल’ ले भवन निमार्ण कार्यलाई तिब्रता दिएको छ । प्रतिष्ठानले नवलपरासीको गैडाकोटमा केन्द्रिय कार्यालयको स्थापना गरेसंगै आफ्नै भवन निर्माण कार्यलाई तीब्रता दिएको हो ।

स्थापनाको एक वर्ष नबित्दै प्रतिष्ठानले गैडाकोटको ब्रिटिस क्याम्पमा दुई कठ्ठा जग्गा खरिद गरि ५ कोठे सुबिधा सम्पन्न दुईतले भवन गर्न लागेको अध्यक्ष दुर्गा सिग्देले जानकारी दिए ।

उनका अनुसार भवनको डिपिसिको काम सम्पन्न भईसकेको छ । भवन निर्माणकै लागि गत वर्षको फागुन २२ देखि २९ गते सम्म सोहि स्थानमा महायज्ञ लगाएर रकम संकलन गरिएको थियो । महायज्ञमा संकलित ५३ लाख ४० हजार रकमबाट बचत भएको करिव ४० लाख रुपैयाँको लागतमा ७२ फिट लम्वाई र १८ फिट चौडाई रहने गरि भुकम्प प्रतिरोधी सुबिधा सम्पन्न भवन निर्माण कार्य अगाडी बढेको कोषाध्यक्ष नारायण सिग्देलले जानकारी दिए । भवन निमार्णसंगै सोहि स्थानमा कुलदेवताको मन्दिर समेत निमार्ण गरिने प्रतिष्ठानले जनाएको छ । मन्दिर दुई तले प्यागोडा शैलीको हुनेछ भने भवन तथा मन्दिर निमार्णको काम आगामी असारसम्ममा सक्ने लक्ष्य छ । देशभरिका सिग्देलहरुलाई संगठित गराउने उदेश्यअनुरुप प्रतिष्ठानले देशका सबै जिल्लामा आफ्ना अभियान सञ्चालन समेत गर्दै आएको प्रतिष्ठानका महासचिव गिरिराज उपाध्याय सिग्देलले बताए । भवन निमार्णसंगै पहिलो तला कार्यालय प्रयोजनका लागि र दोस्रो तला बृद्धा आश्रमका लागि सञ्चालन गरिने प्रतिष्ठानको योजना छ । प्रतिष्ठानले लिएको भवन निर्माणको लक्ष्यमा पुग्न केहि आर्थिक कठिनाई देखिने भएकाले सहयोगका लागि सबै सिग्देल बन्धुहरुमा आग्रह समेत गरिएको छ । देशका करीब ४५ जिल्लामा ३५ सय घरधुरी र ३५ हजारको हाराहारीमा सिग्देलहरुको संख्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप