शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘रामप्यारी’को हिरो आभाष सुनिल पोखरेलको नाटकमा

बुधबार, ०३ चैत २०७२, १५ : २४
बुधबार, ०३ चैत २०७२

काठमाडौं– रेखा थापा ब्यानरबाट चैत २६ गते ‘अल नेपाल रिलिज’ हुन लागेको सिनेमा ‘रामप्यारी’ बाट ‘डेब्यू’ गर्न लागेका अभिनेता आभाष अधिकारी सुनिल पोखरेल निर्देशित नाटक ‘मिड समर नाइट्स सपना’मा पनि देखिँदैछन् । नाटकमा उनी किरणको भूमिकामा देखिँदैछन् । जो, धनी बाउका छोरा हुन्, छट्टु र रिसाहा प्रेमी छन् । आभाष सुनिलका विद्यार्थी पनि हुन् । एक वर्ष अघि सुनिलबाट तीन महिनाको अभिनय तालिम लिएका थिए । ‘आभाष राम्रो कलाकार भएकै कारण मैले उसलाई कास्ट गरेको हुँ । आशा छ ,आभाषले पात्रलाई न्याय गर्न सक्छ ।’ सुनिलले विश्वास व्यक्त गरे । उनी पनि नाटकबाट उत्साहित छन् । ‘नाटक हेर्ने बानी बढेपछि खेलेर पनि अनुभव गरौँ भनेर खेलेको हँु । कस्तो हुन्छ थाहा छैन तर एक्साइटेड छु,’ उनले भने । फिल्मको प्रोमोसन र नाटकको रिहर्सल एकैचोटी परेकोले समय मिलाउन सकस परिरहेको आभाषले बताए । सेक्सपियरको नाटक ‘मिड समर नाइट्स सपना’ चैत्र ४ बाट शिल्पी थिएटर, बत्तीसपुतलीमा बेलुकी पाँच बजे मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप