शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रेडियो गोरखालाई पाँच लाख सहयोग

बुधबार, ०३ चैत २०७२, १५ : ०२
बुधबार, ०३ चैत २०७२

गोरखा–जर्मनीको मेड जर्मन नामक संस्थाले गोरखाको सामुदायिक रेडियो ‘रेडियो गोरखा’लाई रु पाँच लाख सहयोग गरेको छ ।

नेपाल मेड नामक संस्थासँगको समन्वयमा सो संस्थाले भूकम्पपछिका सात महिनासम्म टेन्टमा सञ्चालित रेडियोको पूर्वाधार विकासका लागि सहयोग गरेको हो ।

रेडियोमा आज आयोजित कार्यक्रममा मेड नेपालका प्रतिनिधि बाबुराम गिरीले रु पाँच लाखको चेक रेडियोको सञ्चालक संस्था गोरखा विकास तथा सञ्चार केन्द्रका अध्यक्ष ईश्वरकाजी मास्केलाई प्रदान गरे ।

हाल एक निजी घरबाट सञ्चालन भइरहेको रेडियो गोरखाले रु २५ लाख लगानी गरेर नयाँ भवन निर्माण गरिरहेको छ । यसैबीच मेड जर्मनले गोरखाको आँपपीपलमा रहेको अस्पतालका लागि एम्बुलेन्स प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप