शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

द्वन्द्वकाकालमा लुकाईएको बम नेपाली सेनाद्वारा डिस्पोज

बुधबार, ०३ चैत २०७२, १५ : ३६
बुधबार, ०३ चैत २०७२

नवलपरासी–नवलपरासीको पहाडी धुर्कोट गाउँ बिकास समिती ६, स्थित गाउं नजिकैको जंगलमा फेला परेका ३ वटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

मंगलबार गाउँ नजिकैको जंगलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई ब्रजदल गणबाट सहसेनानी सविन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

द्धन्द्धकालमा लुकाएर राखिएको हुन सक्ने अनुमान गरिएको एक थान सिंङ्गल र दुई थान डबल सकेट बम स्थानियले देखेपछि सचारकर्मी र प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै नेपाली सेनाको टोली घटनास्थलमै पुगी बम डिस्पोज गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप