जापानदेखि द्वन्द्वपीडित बालबालिकालाई सहयोग
काठमाडौं–जापानमा अध्ययन र कामका लागि गएका एक व्यक्तिले द्वन्द्वपीडित, अनाथ तथा भूकम्पीडित बालबालिकालाई सहयोग गरेका छन् । जापानको टोकियोमा रहेका मैतीदेवी काठमाडौंका शिव तण्डुकारले मजमैजुमा रहेको एकीकृत सिर्जनशील समाजमा रहेका २५ जना बालबालिकाहरुको लागि ५० हजार बराबरको सहयोग प्रदान गरेका हुन् ।
जापानमा अध्ययन तथा मजदुरीका लागि पुगेका तण्डुकारले आफू र अन्य साथीहरुबाट सहयोग जुटाएर द्वन्द्वपीडित बालबालिकाका लागि उक्त सहयोग पठाएका थिए । मंगलबार समाजको कार्यालय मनमैजु पुगेर तण्डुकारका आफन्त सुरज श्रेष्ठले नगद ३० हजार, दाल चामल, तेल तथा स्टेशनरी सामग्री गरी ५० हजार बराबरको सहयोग गरेका हुन् ।
एकीकृत सिर्जनशील समाजले रुकुम र रोल्पाका राज्यबाट पीडित भएका परिवारका सन्तती तथा अनाथ र भूकम्पपीडित गरी २५ जना बालबालिकालाई संरक्षण दिइरहेको छ । ती बालबासिलकाहरुलाई खानपान, आवास तथा अध्ययनको व्यवस्था गरिएको संस्थाकी अध्यक्ष जुनु पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण