एमाले विभाजनबारे खुमबहादुरको दाबीपछि बामदेवको यस्तो जवाफ
काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले एमाले विभाजन हुँदा आफ्नो प्रमुख भूमिका रहेको दाबी गर्दै केहि पहिले दिएको अभिव्यक्तिको एमाले उपाध्यक्ष तथा सांसद बामदेव गौतमले खण्डन गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुमवहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।खुमवहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन ।’ उनले खुमवहादुरसँग आफूले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै त्यो कुनै पनि अवस्थामा महसुस नगरेको पनि बताएका छन् । उनले भनेका छन्, ‘ खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।’ उनले तत्कालिन एमाले विभाजनपछि काँग्रेस सरकारमा नेकपा(माले) सामेल हुँदा खुमवहादुरसँग भेट भने भएको बताएका छन् । त्यतिबेला उनले आफूलाई तत्कालिन आइ.जि.पी. अच्यूत कृष्ण खरेललाई हटाउने विषय उठाउन आग्रह गरेको स्मरण गर्दै त्यसलाई आफूले अडान राख्नाले गिरीजाप्रसाद कोइराला सरकारमा सामेल भैसकेपछि हट्न परेको र जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भएको बताएका छन् । उनले माले संचालनका लागि आफूले खुमवहादुर र गिरीजाप्रसाद कोइराला वा उनिहरु नजिकका व्यवसायीबाट एक कुनै सहयोग नलिएको पनि स्पष्ट पारेका छन् ।
प्रेश विज्ञप्ती नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुम वहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ । खुमवहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन । विभाजन पछि काँग्रेस सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमवहादुरसँग भेट भने भएको थियो । उनले मलाई त्यसबेलाका आइ.जि.पी. अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुप¥यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो । नेकपा(माले) संचालनका लागि खुमवहादुर गिरीजा प्रसाद कोइरालाबाट वा उनिहरु नजिकका व्यवसायी वा अन्य कुनै काँग्रेसका कारण मैले एक रुपैया पनि सहयोग वा अन्य चन्दा स्वरुप पनि लिएको थिइन । त्यसबेला सहयोग गर्ने व्यक्तिहरु अहिले पनि जिवीत छन् र उनिहरु अहिले सबै एमाले पार्टी भित्र वा एमालेकै शुभचिन्तक भएर रहेका छन् । वामदेव गौतम पूर्व उपप्रधान तथा गृह मन्त्री तथा उपाध्यक्ष, नेकपा(एमाले) मिति २०७२ चैत्र ०३खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण