नयाँ शक्ति नेपाल कैलालीमा चौधरी
टीकापुर–नयाँ शक्ति नेपाल कैलालीको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ । परिषदले संगठन बिस्तार र अभियान ब्यवस्थित गर्न विषेश कार्यक्रमबाट कृष्ण चौधरीको संयोजकत्वमा ८२ सदस्यीय परिषद् घोषणा गरेको हो । क्षेत्र नं. १ को संयोजकमा सुकदैया चौधरी, क्षेत्र नं. २ संयोजक नृप खड्का, क्षेत्र नं. ३ संयोजक नवराज खड्का, क्षेत्र नं. ४ संयोजक भक्त वहादुर बिक रहेका छन ।
यसैगरी क्षेत्र नं. ५ संयोजक नृप वहादुर बोहरा र क्षेत्र नं. ६ संयोजक बिर वहादुर गौतमले जिम्मा पाएका छन् भने टीकापुर नगर संयोजकमा धु्रबराज खत्री रहेका छन् । सो कार्यक्रममा नयाँ शक्ति नेपालका प्रचार प्रसार बिभाग प्रमूख मुमाराम खनाल, केन्द्रिय सचिवालय सदस्य केशब दाहाल र केन्द्रिय परिषद सदस्य जनक शाह लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा प्रदेश नम्बर ७ संयोजक लिला भण्डारीको समेत उपस्थिती रहेको थियो । सो कार्यक्रमले कैलाली जिल्ला सचिवालयमा एमालेका पूर्व नेता खडक साउँद र राजेन्द्र देबकोटालाई चयन गरेको छ । १ हजार भन्दा बढीको उपस्थिती मा भएको सो कार्यक्रमले अभियान ब्यवस्थित, संगठन बिस्तार र सदस्यता बितरण तिब्रगतीमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण