जोत्यो कि फल्यो आलु !
गुल्मी– गुल्मीको अर्खवाङ्ग गाविसका किसानलाई यतिवेला बारी जोत्नको चटारो छ । त्यहाँका रहेक कृषकहरुले वारी त जोतेका छन् तर केहि रोप्दैनन् । कुनै विउ–विजन पनि छर्दैनन् । टाढाबाट जानेले किन केहि नरोप्ने तर वारी जोत्ने ? भनेर जिज्ञाषा राखे भने अनौठो कुरा थाह पाउँछन् कि त्यहाँ वर्षऔं देखि वारीमा आलुको विउ रोपिँदैन । आफै फल्छ ।
लुम्विनी अञ्चल कै सवै भन्दा अग्लो पहाड अर्थात जमिनी सतह देखि २६ सय ९० मिटर उचाईमा रहेको मदाने लेकको काँखमा रहेको त्यस अर्खवाङ्ग गाउँमा सदियौं देखि मुख्य पेशाका रुपमा त्यसै आलु खेती गरिन्छ । त्यहाँका कृषक प्रेम भट्टराई भन्छन् –‘यहाँको आलु खेती रोप्दै नरोपी फल्ने वन तरुल जस्तै हो ।’ उनको अनुसार पिता पुर्खाहरुले रोपेको आलुका बाँकी अंशहरु त्यसै वारीमा रहने गरेको र त्यही वर्षेनी विउ बनेर उम्रने गरेको हो । त्यहाँका गरिव देखि सम्पन्न परिवारको वारीमा दुई चार मुरी देखि ६० मुरी सम्म रोप्दै नरोपी आलु फल्ने र त्यो आलु धान भन्दा महँङ्गो हुने गरेको छ । त्यसैले त यहाँका कृषकहरु खेत भन्दा वारी किन्न आकर्षित हुने स्थानीय तिलबहादुर विकले बताए । ‘ पहिला पहिला पाथीका हिसावले धान र आलु सौं–साटे आदन प्रदान हुने गर्दथ्यो तर अहिले सदरमुकाम तम्घास देखि वुटवल सम्म अर्खवाङ्गको आलुको माग बढ्दै गए पछि धान भन्दा महँङ्गो बनेको छ’– बिकले भने–‘यहाँ धेरै खेत छैन यो वारी नै खेत भन्दा बढि आम्दानी दिने जमिन हो ।’ यहाँको आलु पुर्णत अर्गानिक भएकोले अत्यन्तै तिख्खर हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण