शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामूहिक प्रतिबद्धता र क्रियाशीलता भए ऊर्जा सङ्कट हटाउन सकिनेमा जोड

बुधबार, ०३ चैत २०७२, १७ : ५५
बुधबार, ०३ चैत २०७२

काठमाडौँ– जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले मुलुकलाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा स्तारोन्नति गर्न ऊर्जामा आम जनताको पहुँच वृद्धि गर्नुपर्ने धारणा राखेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकलगायतका साझेदार संस्थाको आयोजनामा आजबाट यहाँ सुरु भएको ‘ऊर्जामा सबैको पहुँचका लागि सफल अभ्यास र व्यावसायिक अवसरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले सामूहिक प्रतिबद्धता र क्रियाशीलता भएमा एकाध महिनाभित्रै मुलुकको ऊर्जाको सङ्कट निवारण गर्न सकिने बताए । सरकारले केही समय पहिले ऊर्जा सङ्कट निवारण कार्ययोजना ल्याई लागू पनि गरिसकेको उल्लेख गर्दै मन्त्री पासवानले भने– “सन् २०३० सम्म सर्वसाधारण जनतामा ऊर्जाको पहुँच विस्तार गर्न सरकारले ‘सबैका लागि दिगो ऊर्जा’ को अवधारणा ल्याएको छ । ऊर्जा विकासको मूल आधार भएकाले आम जनतामा यसको पहुँच पु¥याउन सरकार क्रियाशील रहेको छ ।” मुलुकमा जलविद्युत् तथा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहे पनि हाल कूल जनसङ्ख्याको ६७ प्रतिशत जनतामा मात्रै ऊर्जाको पहुँच पुग्न सकेकाले यसमा लगानी गर्न दातृ निकाय तथा वित्तीय संस्थाहरुसँग आग्रह गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले मुलुकको लागि अत्यावश्यक र सहज ऊर्जाको विस्तारमा सरकार प्रतिवद्ध रहेको बताए ।

गुणस्तरीय र स्वच्छ ऊर्जामा लगानी गर्न बैंक तथा वित्तीय संस्था इच्छुक रहेको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न पनि आम जनतामा ऊर्जाको पहुँच पुग्नु अत्यावश्यक रहेको स्पष्ट पारे । ऊर्जाको क्षेत्रमा लगानीको संरचना बन्न सक्ने अवसर रहेको उल्लेख गर्दै उनले दैनिक १२ घण्टा भन्दा बढी विद्युत् भार कटौतीबाट आहात भएका जनतालाई राहत दिन पनि वैकल्पिक ऊर्जामा विशेष जोड दिनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकले ऊर्जा, कृषिजस्त क्षेत्रमा कूल पूँजीको १२ प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्थाका कारण पनि साना आयोजना अगाडि बढाउन स्रोतको अभाव नहुने भन्दै ठूला आयोजनाका लागि दातृ निकाय र एसियाली विकास बैंकजस्ता ठूला वित्तीय संस्थाले इक्विटी जुटाउनमा सहयोग गर्नसक्ने बताए ।

उनले भने, ‘‘ हामी कहाँ लगानीको समस्या होइन, इच्छाशक्तिको मात्रै समस्या हो , जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै काम गर्न खोजे आर्थिक स्रोत जुट्न सक्छ ।’’

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियका राजदूत ग्लेन व्हाइटले नेपालले आम जनतामा ऊर्जाको पहुँच पु¥याउन नवीकरणीय ऊर्जा एक भरपर्दो र दिगो विकल्प रहेको उल्लेख गर्दै यसमा लगानीको अवसर पनि प्रशस्त रहेको बताए । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका लागि सरकार र दातृ निकायबाट केन्द्रीय नवीकरणीय ऊर्जा कोष स्थापना भई विभिन्न परियोजनाहरु सम्पन्न भएको जानकारी दिंदै आगामी दिनमा यसलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न यस कार्यशालाबाट निस्कने लगानीका नवीनतम् ढाँचासम्बन्धी नमुना परियोजनाको कार्यानवयन गर्न सकिने बताए । जनसङख्या तथा वातावरण मन्त्रायलका सचिव विजयकुमार मल्लिकको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रेनाउण्ड मेयर, नेपाल आवासीय मिसनका राष्ट्रिय निर्देशक केनिची योकोयामा, संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोषका भिन्सेन्ट विर्डा, एसियाली विकास बैंक वरिष्ठ ऊर्जा विशेषज्ञ जीवन आचार्यले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यशालामा नवीकरणीय ऊर्जामा लगानीको सफल अभ्यास, नीतिगत विषय विभिन्न २० फरक कार्यपत्र प्रस्तुत गरिनेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप