जस्मिन हाइजिनद्वारा बम्पर पुरस्कार विजेतालाई उपहार प्रदान
काठमाडौं–नेपालको पहिलो स्यानिटरी प्याडको निर्माता एवं नेपालको एकमात्र बेबी डाइपरको निर्माता जस्मीन हाइजिन प्रोडक्टस्ले हालसालै झापाकी भाग्यशालीविजेता कौशीला पण्डितलाई बम्पर पुरस्कार प्रदान गरेको छ । पण्डितले कम्पनीले संचालन गरेको “सेफ्टी छ साथमा उपहार छ हातमा” योजना अन्तर्गतको बम्पर पुरस्कार यामाहा रे जेड स्कूटर प्राप्त गरेकी छिन् । स्टील टावर, जावलाखेल ललितपुरमा आयोजना गरिएको पुरस्कार हस्तान्तरण समारोहका प्रमुख आकर्षण नायिका प्रियंका कार्कीले विजेता कौशिलालाई स्कूटरको साँचो प्रदान गरेकी थिइन् । यो योजना २०७२ साउन १ गतेदेखि आरम्भ भई २०७२ असोज ३० गतेसम्म संचालन गर्ने भनिएकोमा योजनाप्रति ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर राख्दै कात्तिक सम्मको लागि बढाइएको थियो । योजनाअन्तर्गत ग्राहकहरुले जस्मीन हाइजिन प्रोडक्ट्सले उत्पादन गरेको सेफ्टी अल्ट्रा, अलवेज, र ड्राई वीङ्समध्ये जुनै उत्पादन खरिद गर्दा एउटा स्क्रयाचकुपन प्राप्त गर्दथे र योजनामा सहभागी बन्न ३१३१ मा एसएमएस गरी कोड पठाउनु पर्ने थियो । विजेताहरुको घोषणा हिमालयन टेलिभिजनको म्युजिक स्टेशन कार्यक्रममार्फत प्रत्यक्ष गरिएको थियो । यामाहा रे जेड स्कूटर विजेताको भाग्यशाली नम्बर ०१७८२६ रहेको छ । योजनाको आरम्भमा जस्मीन हाइजिनले आफ्ना ग्राहकहरुलाई विभिन्न उपहारहरु प्रदान गरेको थियो जसमा धेरै भाग्यशाली विजेताहरुले सामसुङ ग्राण्ड प्राइमजि ५३० र हीराको गहना मासिक र साप्ताहिक पुरस्कार स्वरुप प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण