शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१५ हजारमा खप्तड घुम्न ‘टुर प्याकेज’

बिहीबार, ०४ चैत २०७२, १० : १५
बिहीबार, ०४ चैत २०७२

कञ्चनपुर– रु पन्ध्र हजार खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् । खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए । खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ । “प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भने । आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उनले बताए । उनले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै आएका छन् । पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप