पोखरामा भारत–पाकिस्तानबीच वार्ता हुँदै
काठमाडौं – पोखरामा जारी सार्क मन्त्रीस्तरीय बैठकका क्रममा आज भारत र पाकिस्तानबीच द्विपक्षीय वार्ता हुने भएको छ । बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार सर्ताज अजिजबीच आज अपरान्ह भेटवार्ता हुन लागेको हो । भारतीय मिडियाले उच्च स्रोतलाई हवाला दिँदै लेखेको छ, ‘ आज अपरान्ह स्वराज र अजिजबीच वार्ता हुँदैछ । यद्यपि यस विषयमा भारतीय पक्षले आधिकारिक जानकारी दिएको छैन ।’ भेटका क्रममा अजिजले भारतीय विदेशमन्त्री सवाराजलाई यसै वर्ष पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग लिनका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो हस्तान्तरण गर्ने बताइएको छ । अजिजले आज यही विषयमा सम्मेलनमा भाग लिन आएका अन्य देशका प्रतिनिधिहरुसँग पनि भेट बताइएको छ । १९ औं सार्क शिखर सम्मेलन यही वर्षको नोभेम्बर महिनामा पाकिस्तानको इस्लामाबादमा हुँदैछ । गत वर्षको डिसेम्बर ९ मा दुई देशले विस्तृत द्विपक्षीय संवादको थालिने गर्ने घोषणा गरेपछिको यो पहिलो वार्ता हुनेछ । जनवरी २ मा भारतको पठानकोटमा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध चिसिएको बेला यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि डिसेम्बर २५ का दिन मोदीले सरिफको जन्मदिनमा लाहोरको आकस्मिक भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण