शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाओवादी स्थायी समिति बैठक स्थगित

बिहीबार, ०४ चैत २०७२, ११ : १०
बिहीबार, ०४ चैत २०७२

काठमाडौं–एमाओवादीको स्थायी समिति बैठक केहिबेर बसेर स्थगित भएको छ । बैठक भोलि विहान पुन बस्नेछ ।  आज बिहान ८ बजेबाट अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीका प्रदेश इन्चार्ज र सेक्रेटरीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा समसामयिक राजनीतिका साथै भोलीबाट सुरु हुने केन्द्रीय समिति बैठकका बिषयमा छलफल भएको थियो । प्रदेश इन्चार्ज र सेक्रेटरीले आ–आफ्नो प्रदेशको बारेमा रिपोर्ट पेस गरेको बैठक पश्चात पार्टीका महासचिव कृष्णबहादुर महराले बताए । पार्टीको भोलीबाट केन्द्रीय समिति बैठक सुरु हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप