मिस नेपाल २०१६ का फाइनलिस्टहरुसँग यामाहाको विशेष कार्यक्रम
काठमाडौं–यामाहा मोटरसाइकल र स्कुटरको नेपालकालागि एकमात्र आधिकारिक बिक्रेता एम. ए. डब्लू . इन्टरप्राइजेजले मिस नेपाल २०१६ का फाइनलिस्टहरुसँगको एक दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ । यामाहा मिस नेपाल २०१६ को शीर्ष प्रायोजकका रुपमा रहेको छ । मिस नेपाल प्रतियोगिता कार्यक्रमको ग्रान्ड फिनालेमा एक जना प्रतियोगीलाई यमाहा फेस अफ् फेसिनोको शीर्षकमा सम्मानित गरिने कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एमटीपीडीका एडिसनल पोलिस कमिसार डिआईजीपी प्रकाश अर्याल र हिडन टे«जरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति थिए । त्यसक्रममा प्रसिद्ध डिजाइनर तेन्जिङ भुटिया, मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ बिशेष अतिथिकारुपमा सहभागि थिए । कार्यक्रम एम. ए. डब्लू. इन्टरप्राइजेजका एम. डी. विष्णुकुमार अग्रवालका साथ श्रीमती तुलिका अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसक्रममा एम. ए. डब्लू. का ए. जि. एम. दिपक रौनियार पनि सहभागी थिए । कार्यक्रम यामाहाको नविनतम स्टाइलिस स्कुटर मोडल फेसिनोको यमाहा फेस अफ् फेसिनो अभियान शुभारम्भ, यामाहाको विशेष प्रशिक्षण–यामाहा सेफ राइडिङ साइन्स् र संस्थागत सामाजिक उत्तरदायित्व गरी तीनवटा गतिविधी समावेस गरिएको थियो । सो अवसरमा मिस नेपालका प्रतियोगीहरुलाई लिएर यामाहाले यमाहा फेस अफ् फेसिनो प्रतियोगीता शुभारम्भ गरेको छ । यसअन्तर्गत मिस नेपाल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा छनौट भएका १९ जना प्रतिनिधिहरु फेस बुक तथा सोरुम भोटिङ कम्पिटिस मा जानेछन् । ख्यतष्लन का लागि एमाहाको फेसबुक पेज मार्फत भोटरले आफूलाई मनपरेको एक वा बढी प्रतिष्पर्धीलाई भोटिङ गर्न सक्ने र एक भाग्यशाली भोटरले यमाहा फेस अफ् फेसिनो लक्की ड्र मार्फत जित्न सक्नेछन् । यसै गरी उपभोक्ताहरुले यामाहाको कुनै पनि शोरुममा गएर भोट दिन सक्नेछन् । यमाहा फेस अफ् फेसिनो को विजेताले यामाहाको बिशेष पुरस्कारको साथै भविष्यमा हुने यामाहाको अभियान तथा कार्यक्रममा सहभागि हुने मौका प्राप्त गर्नेछिन् । विजेता छनौटको मापदण्डमा ५० प्रतिशत फेसबुक भोटिङ र यामाहा शोरुम भिजिटबाट तथा बाँकी ५० प्रतिशत जुरी प्यानलको निर्णयबाट हुने छ । यामाहाको प्रशिक्षित पेसेवर प्रशिक्षकद्धारा यामाहा सेफ राइडिङ साइन्स् अन्तर्गत चालक र पैदलयात्रीलाई सडक सुरक्षाको बारेमा जानकारी दिइयो । यामाहाले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत यस्तो कार्यक्रममा सडक र यातायातको अवस्थाका बारेमा ज्ञान दिनका साथै व्यवहारिक प्रशिक्षण दिएको छ । यस्तो कार्यक्रम अहिलेसम्म काठमाडौंको भित्र र बाहिर गरी २० वटा भन्दा बढी कलेजहरुमा गरिसकेको छ । कार्यक्रमलाई अझ उपयोगी र ज्ञान बर्धक बनाउन उपत्यका ट्राफिक प्रहरी महाशाखाको तर्फबाट एक विशेष प्रस्तुति प्रस्तुत गरीएको थियो । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिस नेपालका सबै १९ जना प्रतिष्पर्धीहरुको उपस्थितिमा बानेश्वर चोकमा सडक सुरक्षाका बारेमा चेतनामूलक कार्यक्रम अन्र्तगत विभिन्न किसिमका ट्राफिक नियम सम्बन्धि पर्चा÷पम्लेटहरु वितरण गरिएको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत यामाहाले समय समयमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण