शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१६ जिल्लामा स्वास्थ्य कार्यालय उदयपुर उत्कृष्ट

बिहीबार, ०४ चैत २०७२, ११ : ३९
बिहीबार, ०४ चैत २०७२

उदयपुर– स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा उदयपुरस्थित जिल्ला स्वास्थ्य कार्यालय पूर्वाञ्चलमा उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेका मुल्याकंनमा उदयपुर जिल्ला प्रथम भएको हो । स्वाथ्य कार्यालय उदयपुरले आ.ब. ७१/७२ को कामहरुको मूल्याकंनमा ८१ दशमलव दुई प्रतिशत अंक ल्याई प्रथम भएको हो भने राष्ट्रिय रुपमा २३ औं स्थान प्राप्त गरेको छ । राष्ट्रिय वार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्ला स्तरीय कार्य सम्पादन मूल्याकंनमा आर्थिक वर्ष २०७१–७२ पुर्वाअञ्चलमा रहेका १६ वटा जिल्लाका स्वास्थ्य कार्यालय मध्ये राम्रो काम गरेर प्रथम भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार स्वास्थ्य कार्यालय उदयपुरको विभिन्न वार्षिक कार्यक्रम अन्र्तगत पोषण, दादुरा, खोप, परिवार नियोजन सरकारी निशुल्क बाँड्ने औषधीहरुको वितरण लगायतका योजनाको काम समयमै सहि तरिकाले गरेकाले प्रथम भएको हो । पुर्वका अन्य जिल्ला मध्ये मोरंगले ८० दशमलव ४ अंक ल्याई पुर्वमा दोस्रो र राष्ट्रिय स्तरमा २५ औं स्थान हाँसिल गरेको छ । राष्ट्रिय स्तरमा पाल्पाले ८९ दशमलव ३ प्रतिशत अंक ल्याई प्रथम, अछामले ८८ दशमलव १ प्रतिशत अंक ल्याई र म्याग्दीले ८७ प्रतिशत ल्याई तृतिय भएको बताइएको छ । स्वास्थ्य कार्यालयको जिल्ला स्तरीय कार्य सम्पादन मूल्याकंनमा कार्यालयको पृष्ठभूमि, सूचनाको स्रोत अनि कार्यक्रमहरु मूल्याङ्कनका सूचकहरु, भार मूल्याङ्कन विधि–आधारहरु राखेर मुल्यकंन गरिएको थियो । कार्य सम्पादन मूल्याङ्कनको कार्यान्वयन अवस्थाको सूचकका आधारमा कार्यक्रमको मापन गरी कार्यालयको सेवालाई चुस्त दुरुस्त बनाउने ध्येयले गर्न थालिएको हो ।

स्वास्थ्य कार्यलयको गतिबिधि, योजनाको कार्यान्वयन, प्रभावकारीता अभिवृद्धि गर्न उत्प्रेरित गर्ने र जिम्मेवार बनाउन जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखा स्वास्थ्य मन्त्रालयले मुल्याकंन गर्न थालेको हो । आर्थिक वर्ष २०५५–०५६ बाट स्वास्थ्य सेवा विभागबाट मुल्याकंन गर्न थालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप