शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होलीमा मोबाइल किन्दा हात खाली नहुने उपहार योजना

बिहीबार, ०४ चैत २०७२, ११ : ५३
बिहीबार, ०४ चैत २०७२

ललितपुर –ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली पर्वको अवसर पारेर मोबाइल खरिदकर्ताहरुलाई हात खाली नहुने उपहार योजना ल्याएको छ । होली अर्थात फागु यहि चैत ९ गते काठमाडौं उपत्यका र चैत १० गते तराईमा भव्यताका साथ मनाउने गरिन्छ । मोबाइल कम्प्लेक्सले ल्याएको होलीमा हात खाली नहुने योजनामा कुनैपनि ब्राण्डको मोबाइल फोन खरिदमा न्यूनतम छुट तथा विभिन्न उपहार ग्राहकले प्राप्त गर्नेछन् । रंगहरुको उत्सव र साथीभाईसँग रमाईलो गरेर मनाईने होलीलाई अझ आकर्षक र रंगिन बनाउन कम्प्लेक्सले हात खाली नहुने योजना ल्याएको हो । योजना अन्तर्गत होलीको अवसरमा हुवावे ब्राण्डका कुनैपनि फोनको खरिदमा ग्राहकलाई हात खाली नजाने उपहारमा ब्लूटूथ एचपी, सेल्फी स्टीक, टिसर्ट, ज्याकेट, कप, ब्राण्ड लोगोसहितको बोटल राखिएको छ । हुवावेका फरक फरक किसिमका फोन सेटअनुसार फरक किसिमका उपहारहरु मोबाइल खरिद गर्दा नै प्राप्त गर्न सकिनेछ । नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुममा अहिले बजारमा आएको सामसुंगको चर्चित स्मार्टफोन ग्यालेक्सी एस सेभेन वा एस सेभेन एजको प्रि बुकिंगमा २० हजार रुपैंयासम्मको गिफ्ट राखिएको छ । होलीको अवसरमा कम्प्लेक्सले अन्य मोबाइल ब्राण्ड सोनी, माइक्रोसफ्ट, जियोनी, एप्पल, डिटीसी, लाभा, नोकिया, सेलकोनको कुनैपनि फोन किन्दा १५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । उक्त छुट ग्राहकलाई मोबाइल खरिदको समयमा नै दिईनेछ । अनुभवी र दक्ष मोबाइल व्यवसायीहरुद्धारा संचालित ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको हरेक चाडलाई उल्लासमय बनाउन होलीको अवसरमा नयाँ योजना ल्याएको हो । यो योजना यहि चैत ५ गतेदेखि कम्प्लेक्समा खरिद गर्ने कुनैपनि ब्राण्डका फोन, ट्याबलेट, फ्याबलेटको खरिदमा लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप