अन्याय भयो भन्दै मानव अधिकार आयोगमा निवेदन
काठमाडौं – बाँच्न र निर्वाध रुपमा हिँडडूल गर्ने संवैधानिक अधिकारको संरक्षण एवं आवश्यक निर्देशनको माग गर्दै एक पीडितले मानव अधिकार आयोग समक्ष निवेदन दिएका छन् ।
हरिनारायण घिमिरेले आफूमाथि सांघातिक आक्रमण गर्ने कसुरवारमाथि कुटपिट अंगभंगको कारवाही चलाउनु पर्नेमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सार्वजनिक अपराध हो भनी मुद्दा गरेकोले घोर अन्यायमा परेको जिकीर गरेका छन् ।
‘मलाई सोध्दै नसोधी उपचारसँग सम्बन्धित कागजात नहेरीकन त्यस्तो सांघातिक अपराधलाई सामान्य सार्वजनिक अपराध हो भनी मुद्दा दायर गरियो,’ घिमिेरेले निवेदनमा उल्लेख गरेका छन् । जसकारण उपचारमा क्षति भएको करिव दुई लाख रुपैयाँ भराउ नहुने र अभियुक्तहरुलाई पक्रने र कानुनको दायरामा ल्याउने भन्दा उन्मुक्ति दिने कार्य भयो उनले भनेका छन् ।
पाँचथर, भारपा–४ निवासी घिमिरेलाई जग्गा–जमीन साँध–सँधियारको छलफलको क्रममा स्थानीय मानबहादुर हाङसरुम्बा र रामबहादुर हाङसरुम्बाले मंसिर १४ गतेका दिन अंगभंग हुने गरी कुटपिट गरेका थिए ।
‘विपक्षीहरु म माथि आइलागी निर्घात कुटपिट गरी मेरो दायाँ कुमको हड्डी समेत भाँचि मलाई बेहोस पारी म¥यो भनी फालेकोमा केही समय पछि होसमा आई मेरा आफन्तहरुको सहयोगबाट जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचार गरेको,’ मानव अधिकार आयोगमा बुझाइएको निवेदनमा घिमिरेले भनेका छन् ।
त्यस पछि झापा, विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा भर्ना भई २० दिन उपचार गरेपछि बाँच्ने अवस्थामा पुगेको घिमिरेको भनाई छ ।
यी सब कारणबाट संविधान र कानुनले प्रत्याभूत गरेको अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएकोले सम्बन्धित व्यक्ति, निकाय उपर आवश्यक कारवाहीको माग गरेका छन् ।
शरिर सुध्रीनसेकेको र थप स्वास्थ्य उपचारका आर्थिक श्रोत नभएको समेत आयोग समक्ष निवेदन गरेका छन् । सम्बन्धित पक्षबाट बाँच्न पाउने र निर्वाध रुपमा हिडडुल गर्न पाउने व्यक्तिगत स्वतन्त्रताको सम्मानका लागि निवेदन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण