शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको विमानमा बम नभएको पुष्टि

बिहीबार, ०४ चैत २०७२, १३ : ४५
बिहीबार, ०४ चैत २०७२

काठमाडौं– भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको विमानमा बम रहेको हल्ला चलेपनि उक्त सूचना गलत भएको पुष्टि भएको छ । बम भएको सूचना पाउने बित्तिकै प्लेनलाई ग्राउन्डेड गरी सुरक्षा जाँच गर्दा कुनै बम फेला नपरेको हो । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि तयारी अवस्थामा रहेको आरए–२०६ नम्बरको विमानमा बम रहेको हल्ला चलेको थियो । हल्ला चलेलगत्तै सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो । निर्धारित तालिकाअनुसार बिमान दिउँसो १२ः४० मा काठमाडौं आइपुग्नुपर्ने थियो । उक्त विमानमा १५६ जना यात्रु छन् । यसअघि गत बुधबार पनि दिल्लीबाट बैंककका लागि उडेको एयर इन्डियाको विमानमा बम भएको गलत हल्ला चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप