शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महतोले भने, ‘काँग्रेस, एमाले र माओवादी बहुरुपिया हुन्, सचेत रहौं’

बिहीबार, ०४ चैत २०७२, १७ : ४५
बिहीबार, ०४ चैत २०७२

सर्लाही – सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलाई बहुरुपियाको संज्ञा दिँदै उनीहरुबाट सचेत रहन मधेसका जनता आग्रह गरेका छन् । मधेश आन्दोलनका स्वरुप परिर्वतन हुँदा मधेश विरोधी दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीहरु फेरी मधेश पसेको भन्दै उनीहरु जस्ता बहुरुपियाबाट मधेशी जनतालाई सजग रहन महतोले आग्रह गरेका हुन् ।

‘मधेश आन्दोलन चलि रहेको समयमा मधेश विरोधी दलका मधेशी बहुरुपियाहरुको आउने हिम्मत थिएन तर आज फेरी उनीहरु मधेशमा जनताको आँखामा छारो हाल्न आएका छन्,’ सद्भावना पार्टी सर्लाही क्षेत्र नम्बर ४ को ब्रहम्पुरी गाविसमा आज आयोजना गरेको क्षेत्रिय कार्यकर्ता सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने । संविधानसभाको चुनावमा जातपात तथा विभिन्न प्रलोभनमा पारी मधेश विरोधी दलका नेताले मधेशबाट अत्याधिक मत प्राप्त गरी मधेशी जनताको हक कटौती गरी संविधान बनाएको र आफ्नो अधिकारका लागि मधेशी जनता आन्दोलन गर्दा गोली हान्ने काम गरेकोले आज दुनियाँ चकित भएको अध्यक्ष महतको कथन थियो । मधेशको माग प्रति सरकार गम्भिर नभए पुनः आन्दोलन गर्ने बाहेक विकल्प नरहेको अध्यक्ष महतोले समेत बताउनुभयो । चैत महिना सम्म सरकार मधेशको माग सम्बोधन गरेन भने बैशाख देखि पुनः कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । विभिन्न पार्टी प्रत्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्ने सयौँ कार्यकर्तालाई महतोले सदस्यता समेत प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप