श्रीमान्को रड प्रहारबाट गम्भीर घाइते
बिहीबार, ०४ चैत २०७२, १७ : ५२
झापा– आफ्ने श्रीमानले चिरपट र रड प्रहार गर्दा झापामा एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा कनकाई नगरपालिका–४, सुरुङ्गा निवासी दिपा हेम्रम रहेकी छिन् ।
टल्के भनिने मोहन हेम्रमले अत्याधिक मदिरा सेवन गरेर श्रीमतीलाई विनाकारण गतराति कुटपिट गरेको स्थानीयको भनाइ छ । स्थानीयले झगडा भएको थाहा पाएपछि छुट्याउन जाँदा उनीहरुमाथि पनि मोहनले हातपात गरेको स्थानीय हिमा रसायलीले बताइन् ।
घाइते दिपाको विर्तामोडस्थित कञ्चनजङ्घा हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको जनाइएको छ ।
उनको श्रीमानलाई ईलाका प्रहरी कार्यालय, सुरुङ्गाले नियन्त्रणमा लिएको छ । यस अघि पनि उनले पटकपटक यस्ता गतिविधि गर्ने गरेको भन्दै मोहनविरुद्ध गाउँलेले इलाका प्रहरी कार्यलय, विर्तामोडमा सार्वजानिक मुद्दा दायर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण