लामखुट्टे आंतक रोक्नका ज्ञापन पत्र
बिहीबार, ०४ चैत २०७२, १७ : ५८
वीरगंज - राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साले लामखुट्टे आंतक रोक्नका लागी जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलको नेतृत्वमा पार्टी कार्यालय आर्दशनगरबाट निस्केको जुलुसले लामखुट्टे निर्मुल पार्न कार्य अभिलम्ब गर, नगरवासीको स्वास्थ्य संग खेलवाड गर्न पाईदैन, बिकासको पैसामा तलब खान पाइदैन, बिकासको पैसा बिकासमै खर्च गर, बिकासको कार्यन्वयनमा ढिलासुस्ती बन्द गर जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले नगरको बिकास र लामखुट्टे आंतक रोक्न आग्रह गर्दै दिएको ज्ञापन पत्रलाई वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । ज्ञापन पत्र बुझदै प्रजिअ घिमिरेले आफु सो बिषयमा गम्भिर रहेको र सम्बन्धित पक्षहरु संग समन्वय गरी कार्यन्वयन गर्ने आशवास दिएका थिए ।
त्यसैगरी विरोध जुलुस पुनः जिप्रकाबाट वीरगंज उपमहानगरपालिका पुगेर कार्यवाहक कार्यालय प्रमुख प्रकाश मान अमात्यलाई समेत ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएका छन् । सो जुलुसमा रामसपाका केन्द्रिय सदस्य शम्भु चौरसिया, मुस्लिम बिभागका संयोजक खैरुदिन मियाँ, रामसपा पर्साका नेता शिवशंकर आर्य,सचिव धर्मेन्द्र पटेल,नगरअध्यक्ष संजु छतकुली, युवा लिग पर्साका अध्यक्ष सुशिल पटेल, विशाल पटेल लगायत उल्लेखय मात्रामा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण