लिभरपुलसँग पराजित हुँदै युनाइटेड बाहिरियो, मैदानमा दर्शकबीच कुटाकुट
म्यान्चेस्टर – फिलिपे काउन्टिन्होको उत्कृष्ट गोलको मद्दतले म्यान्चेस्टर युनाइटेडको पुनरागमनमा अकुंश लगाउँदै लिभरपुल युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ । पहिलो लेगमा २–० ले पछि परेको युनाइटेडले आफ्नो घरेलु मैदानमा एन्थोनी मार्सियालको गोलको मद्दतले पुनरागमन गर्ने प्रयास गरेको थियो । नाथानियल स्लाइनले फल हाने पाएको पेनाल्टीलाई मार्सियालले गोलमा परिणत गर्दै खेल समग्रमा २–१ को स्थितिमा पुर्याए । तर, काउन्टिन्होले खेलको ४५ औं मिनेटमा गोल फर्काए पछि युनाइटेड फेरि खेलमा फर्कन सकेन । खेलको अन्त्यतिर दुई क्लबका समर्थकबीच झडप भएपछि खेल प्रभावित बनेको थियो । यस विषयमा युइएफएले कारवाही प्रक्रिया अघि बढाउने भएको छ ।
उता, टोटनहटस्पर्स पनि युरोपा लिगबाट बाहिरिएको छ । स्पर्सलाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा ३–० ले पछि परेको स्पर्स आफ्नै घरेलु मैदानमा २–१ ले पराजित बन्यो । डर्टमण्डलाई जित दिलाउने क्रममा पिएरे एमेरिक औबामेयाङले २ गोल गरे । स्पर्सका लागि सन हिउङ मिनले एक गोल गरे । उता, भ्यालेन्सियालाई अवे गोलको आधारमा पराजित गर्दै एथ्लेटिको बिल्बाओ पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टोली २–२ को बराबरीमा रोकिए पनि अवे गोलको आधारमा बिल्बाओ अर्को चरणमा प्रवेश गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण