शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनसेलले ल्यायो भ्वाइस प्याकका लागि भौचर कार्ड

शुक्रबार, ०५ चैत २०७२, ११ : २३
शुक्रबार, ०५ चैत २०७२
काठमाडौं - अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरिद गर्न सक्छन् । आफ्ना प्रिपेड ग्राहकका लागि बजारमै पहिलो पटक भ्वाइस प्याक ल्याएको एनसेलले भ्वाइस प्याक भौचर कार्ड बजारमा ल्याएको छ, जसले भ्वाइस प्याक लिन अझै सहज बनाएको छ । भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्छन् । भौचर कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरि दुईवटा विकल्पमा उपलब्ध छ । दैनिक प्याक भौचर कार्डको कर सहित रु ११ पर्छ र यसमा ११ मिनेट दैनिक टक टाइम रहेको छ । साप्ताहिक प्याक भौचर कार्डको कर सहित रु ६० पर्छ र यसमा ७० मिनेटको ७ दिन समायावधि भएको टक टाइम रहेको छ । यी टक टाइम एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिन्छ । भौचर कार्ड आफ्नो नजिकको एनसेल सेन्टर, एनसेल सप वा एनसेलका आधिकारिक बिक्रेताबाट खरिद गर्न सकिन्छ । “आफ्ना ग्राहकका लागि प्रभावकारी सल्युसन्स् प्रदान गर्न एनसेल सधैं प्रयासरत छ । यसै क्रममा आएको भौचर कार्डले ग्राहकलाई भ्वाइस प्याक लिन सहज बनाई प्याक अन्तर्गतको विशेष मूल्यको लाभ लिन सहयोग गर्नेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । भ्वाइस प्याकले ग्राहकलाई विशेष दरमा टक टाईम प्रदान गरेको छ, जसले गर्दा ग्राहकले अझ सुलभ दरमा आपसमा सम्पर्क गर्न सक्छन् । दैनिक प्याक लिने ग्राहकले एनसेलको नम्बरमा साबिकको भन्दा ६० प्रतिशत कम दरमा कल गर्न सक्छन् भने साप्ताहिक प्याक लिँदा यस्तो कलको मूल्य साबिक भन्दा ६६ प्रतिशत कम पर्छ । विद्यमान शुल्क अनुसार एनसेलको अर्को नम्बरमा कुरा गर्दा प्रति मिनेट कर सहित रु २.५० पर्दछ । ग्राहकले चाहेको खण्डमा आफ्नो मोबाइलमा रहेको मेन ब्यालेन्सबाट पनि भ्वाइस प्याक लिन सक्छन् । यसको लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सकन्छ । अथवा, दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि भ्वाइस प्याक खरिद गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप