तपाईंले हाल्ने इन्धन कति शुद्ध ?
काठमाडौं - नेपाल आयल निगमले बिक्री गरिरहेको पेट्रोलियम पदार्थकै यूरो मापदण्ड परिक्षण नभएको खुलेको छ । वर्षौँदेखि पेट्रोलियम पदार्थ विक्रीमा एकाधिकार रहेको नपाल आयल निगमल वातावरण प्रदुषण गुणस्तर मापदण्ड (यूरो स्टाण्डर्ड) नै परिक्षण नगरी इन्धन बेचेको खुलेको हो । नेपालको गुणस्तर जाँच्ने निकाय गुणस्तर तथा नापतौल विभाग र आयल निगमसँग यूरो माफदण्ड जाँच गर्ने मेसिन नहुँदा बिना जाँच मनपरी इन्धन बिक्री वितरण भईरहेको हो । जाँच्ने मेसिन नै नभएकालेले इण्डियन आयल कर्पोरेसन (आईओसी) ले जतिसुकै गुणस्तरहित ईन्धन पठाएपनि विक्री वितरण गर्नुपर्ने अवस्था छ । अक्टेन भ्यालु एनलाईजर मेसिनले पेट्रोल वा डिजल बल्दादेखि इन्जिनमा कति धेरै धक्का दिन्छ भन्ने मापन गर्दछ । अहिले भनिएको यूरो फोरमा पेट्रोल त्यसरी मापन गर्दा अक्टेन भ्यालु ९८ र यूरो थ्री मापदण्डको बेच्दा ९२ देखि ९८ सम्म अक्टेन भ्यालु आउनुपर्ने हुन्छ । यूरो मापदण्ड जाँच्ने मेसिन नै छैन भर्खरैमात्र बिराट पेट्रोलियमले नेपालमा यूरो फोर भनेर बेचेको पेट्रोल यूरो फोर नभएको तथ्य रातोपाटीले फेला पारेको थियो । रातोपाटीको खोजीको क्रममा नेपाल आयल निगमको तेल पनि यूरो मापदण्ड जाँच नभएको फेला पारेको हो । स्रोतका अनुसार गुणस्तर तथा नापतौल विभागका पेट्रोलियम पदार्थमा यूरो मापदण्ड जाँच गर्ने प्रविधि नै छैन । तर विभागले यो बारेमा स्पष्ट कुरा गर्दैन । त्यसैले यो विषयमा विभाग नबोल्ने गरेको स्रोतको दावी छ । ‘गुणस्तरका अरु कुरा हेरीन्छ होला तर यूरो मापदण्ड जाँच गर्ने प्रविधी नेपालमा नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा मात्रै छ’ स्रोतले भन्यो ‘जाँच गर्ने प्रविधी नै नराखेर हचुवाका भरमा ईन्धन बजारमा पठाईएको छ ।’ गुणस्तरले जाँच्दैन यूरो मापदण्ड : विश्ववावु पुडासैनी गुणस्तर जाँचको लागि भर पर्ने गरिएको नेपालको एकमात्र निकाय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले आफूहरुले यूरो मापदण्ड जाँच नगर्ने बताए । नेपाल गुणस्तको मापदण्ड अनुसार मिसाबट भए नभएको मात्रै जाँच गरेकोले यूरो गुणस्तरबारे आफूलाई थाहा नभएको उनले बताए । ‘हामीले नेपाल गुणस्तर ३ सय १८ अनुसार मिसाबटको एस्पेक्टबाट जाँच गर्ने हो, यूरो कुन हो भन्ने विषयमा हामीले जाँच नै गरेको छैन’ उनले भने ‘त्यसैले यो विषयमा हामीले भन्नन सकिँदैन ।’ उनले नेपालमा यूरो फोर मापदण्ड अहिले नभएकोले यूरो फोर जाँच गर्नुपनि आवस्यक नभएको बताए । ‘हामीकहाँ यूरो थर्डको मापदण्ड छ, त्यसमा फोर हो कि होइन भनेर किन हेर्ने ,’ पुडासैनीले भने ‘फेरी यूरो थर्ड र यूरो फोरको मूल्यमा पनि केही फरक हुँदैन ।’ तर उनले जाँच्ने मेसिन भए नभएको बारे भने स्पष्ट खुलाउन चाहेनन् ।
मेसिन छैन, आईओसिकै विश्वास : निगम
नेपाल आयल निगमले नै नेपालमा ल्याएको तेलमा यूरो मापदण्ड परीक्षण नहुने स्वीकार गरको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरलेले यूरो मापदण्ड परीक्षण गर्ने मेसिन नभएकोले परीक्षण नहुने स्वीकारे । ‘हामीकहाँ अक्टेन भ्यालुका केही कम्पोनेण्ट जाँच हुन्छ तर यूरो स्टाण्डर्ड भने आईओसिकै विश्वास हो’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ‘जाँचको लागि उपकरण नै छैन ।’
भण्डाफोर हुने डरले जाँच गरिँदैन : अधिकारकर्मी यूरो मापदण्ड जाँच गर्ने मेसिन नेपालमा ल्याउन अधिकारकर्मीहरुले दबाब दिए पनि हालसम्म उक्त मेसिन नेपालमा ल्याइएको छैन । निगमले आफूले ल्याइएको ईन्धन यूरो मापदण्ड अनुसार गुणस्तरीय नभेटिएमा भण्डाफोर हुने डरले जाँच नगर्ने गरेको अधिकारकर्मीको दाबी छ । निगम अधिकारीका अनुसार ४–५ वर्षअघि उक्त मेसिन नेपाल ल्याउने प्रयास गरिए पनि मंहगो परेकाले नल्याएको हो । गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निमित्त निर्देशक करुणा क्षेत्रीले भनिन्, ‘त्यतिबेला महंगो परेर ल्याइएन । तर, अक्टेन भ्यालु जाँच नगरिए पनि अरु कम्पोनेन्ट भने जाँच गरिन्छ ।’ ‘निगमले बेच्ने भनिएको यूरो थ्रिमा ९२ देखि ९८ सम्म अक्टेन भ्यालु आउनुपर्ने भएपनि जम्मा ८८ देखि ९२ को मात्रै बेच्छ’ अधिकारकर्मी प्रेमलाल महर्जनले भने ‘मेसिन प्रयोग गरियो भने आयल निगमको समेत भण्डाफोर हुने भएकोले त्यो प्रयोगमा ल्याइएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण