राजनीतिक दलको प्रधामन्त्रीलाई सुझाव : भारतजस्तै चीनसँग पनि नझुक्नु
शुक्रबार, ०५ चैत २०७२, १४ : ३०
काठमाडौं – चीनको औपचारिक भ्रमणमा जानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले दलहरुसँग भ्रमणअघि सुझावहरु मागेका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणमै केन्द्रीत रहेको आजको बैठकमा दलहरुले चीनसँग नझुक्न सल्लाह दिएका छन् । ‘आजको छलफलमा हामीले भारत भ्रमणका दौरान नझुकेजस्तै चीनसँग पनि नझुकी सम्झौताहरु गर्न सुझाव दिएका छौं । राष्ट्रिय हितलाई ध्यानमा राखेर हरेक सम्झौता गर्न हाम्रो सुझाव थियो’ एमाओवादी नेता कृष्णबहादुर महराले बैठकपछि भने ।
त्यस्तै, भूकम्पपछि बन्द भएका चीनसँग जोडिएका नाकाहरु खोल्न पनि पहल गर्न राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अनुपस्थित रहेको छ । कांग्रेसको आज नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पहिलो बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण