शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्टेजमा बोलाएर १७ वर्षीय फ्यानलाई नंग्याइन् म्याडोनाले

शुक्रबार, ०५ चैत २०७२, १५ : ०८
शुक्रबार, ०५ चैत २०७२

ब्रिसबेन – आफ्नो छोराको विषयमा आफ्ना पूर्व पतिसँग मुद्दा लडिरहेकी पप स्टार म्याडोना पछिल्लो समय निकै अनौठो व्यवहार देखाइरहेकी छिन् । छोरा रोको पूर्व पति गाई रिचीसँग बस्न पुगेपछि म्याडोना पछिल्लो समय दुःखी रहेकी छिन् । त्यही भएर उनी स्टेजमा रक्सी पिएर आउनेदेखि ढिला आउने र अनौठो हर्कतहरु गर्ने गरेकी छिन् ।

हाल वल्र्ड टुरमा रहेकी म्याडोना केही दिन अघि स्टेजमा नै रोएकी थिइन् । बिहिबार अस्ट्रेलियाको ब्रिसबेनमा पनि उनले त्यस्तै हर्क देखाइन् । एउटा किशोरी फ्यानलाई स्टेजमा बोलाएर हजारौं दर्जकको सामुन्ने उनले कपडा खोलिदिइन् । १७ वर्षीया जोसेफिन जोर्जियोलाई स्टेजमा बोलाएर उनले उनको टप खोल्दै स्तन देखाइदिएकी थिइन् । उनको यस हर्कतले कार्यक्रममा उपस्थित हजारौं दर्शक स्तब्ध बनेका थिए । धेरैले यसलाई आपत्तिजनक प्रतिक्रिया जनाए पनि जोसेफिनले आफैले भने यसलाई सामान्य रुपमा लिएको बताएकी छिन् । उनकी आमाले पनि म्याडोनाले आफ्नो छोरीलाई त्यस्तो गर्नु भाग्यको कुरा भएको बताएकी छिन् । प्रहरीका अनुसार यस विषयमा कुनै उजुरी परेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप