शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेनीमा गैरकाष्ठ वन पैदावार उद्योग स्थापना

शुक्रबार, ०५ चैत २०७२, १५ : २५
शुक्रबार, ०५ चैत २०७२

म्याग्दी - म्याग्दीको बेनी बजारमा समुदायमा आधारित गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रसोधन उद्योग स्थापना भएको छ ।

जिल्लामा उत्पादन हुने गैरकाष्ठ वन पैदावारको सहज बजारीकरण तथा स्थानीय स्तरमा आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना भएको हो । ६ जना उद्यमीहरुको १५ लाख रुपैया लगानीमा स्थापित उद्योगले यसैहप्तादेखि उत्पादन सुरु गरेको उद्योगका सचिव हरिप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उद्योगले पहिलो चरणमा नेपाली कागजबाट डायरी, सपीङ ब्याग, प्रिन्ट कागज र खामको उत्पादन सुरु गरेको छ । लुलाङ र रुमको अदीभारमा उत्पादन भएको कागज ल्याएर सामाग्री तयार पार्न थालीएको हो । उद्योगमा दुई जनाले नियमित रोजगारी पाएका छन् ।

छिट्टैनै एक पटक प्रयोग भएर खेर जाने कागजलाई प्रसोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने गरि कागज उत्पादन गर्ने तयारी भएको छ । जसले गर्दा बजारमा कागजजन्य फोहोर ब्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली कागजको सामान राख्ने झोला निर्माण भएपछि पलास्टीकको झोला विस्थापित गराई बजारमा फोहोर ब्यवस्थापन गर्न सहज हुने जनाइएको स्थानीय ब्यवसायीहरुले बताएका छन् । उद्योगको क्षमत्ता विस्तारसंगै अन्य नयाँ सामाग्रीहरुको पनि उत्पादन गर्ने लक्ष्य राखिएको सचिव पौडेलले जानकारी दिए ।

बेनीमा उक्त उद्योग स्थापना भएपछि ग्रामिण क्षेत्रमा उत्पादीत नेपाली कागज उद्योगले सहज रुपमा बजार पाउन थालेको छ । रुम र लुलाङमा दुई वर्षदेखि बजारमा पुराउन नसक्दा बिक्री नभएर थन्कीएर बसेको नेपाली कागज बिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप