प्रातिबन्ध फुकुवा गर्नेबित्तिकै उपचारको लागि भन्दै मुसर्रफले पाकिस्तान छाडे
शुक्रबार, ०५ चैत २०७२, १७ : ३२
इस्लामावाद - पाकिस्तानका पूर्वराष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफ उपचारको लागि शुक्रबार संयुक्त अरब इमिरेट्स, ९युएई० पुगेका छन् ।
उनलाई अदालतले विदेश यात्रागर्न लगाएको प्रातिबन्ध फुकुवा गरेपछि उहाँ त्यहाँ पुगेको बताइएको छ । पाकिस्तानी अदालतले बुधबार मात्र उनलाई विदेश जाने अनुमति अदालतले दिएको थियो ।
मुसर्रफसँग यात्राका क्रममा साथमा रहेका सञ्चारकर्मीले उनको विमान दुबई विमानस्थलमा स्थानीय समयाअनुसार करिब ५ बजे अवतरण भएको बताएका छन् ।
पाकिस्तानी गृहमन्त्री चौधरी निसार अलि खानले बिहीबार मुसर्रफको नाम सङ्घीय सरकारको अनुमति विना देश बाहिर जान नपाउने भन्ने सूचीबाट हटाइएको घाषणा गरेका थिए ।
कडा सुरक्षाबीच पूर्वराष्ट्रपति मुसर्रफ स्थानीय समयाअनुसार ४ बजे कराची विमानस्थलबाट दुबईतर्फ लागेका छन् । सन् २००८ मा राष्ट्रपतिबाट हटेका मुसर्रफलाई सङ्घीय सरकारले देश बाहिर जान प्रतिबन्ध लगाएको थियो ।
उनीमाथि कैयौँ अरु मुद्दालगायत राजद्रोह गरेको समेत आरोप लगाइएको थियो । उनको उपचारमा संलग्न चिकित्सक टोलीले उनलाई उपचार गर्न बाहिर जानुजर्ने आवश्यता देखाएपछि पाकिस्तान सरकारले बाहिर जाने अनुमति दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण