शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वसन्तपुर क्षेत्रमा ९२ वटा सौर्यबत्ती जडान

शुक्रबार, ०५ चैत २०७२, १७ : ४४
शुक्रबार, ०५ चैत २०७२

काठमाडौं – सम्पदा क्षेत्रलाई पर्यटन पूर्वाधारमैत्री एवं आकर्षक बनाउन काठमाडौं महानगरपालिका कार्यालयले बसन्तपुर र आसपासका क्षेत्रमा ९२ वटा सौर्यवत्ती जडान गरेको छ । यसरी वत्ती जडान भएका स्थानहरुमा — जुद्ध शालिकलाई केन्द्र यसको दायाँबायाँ सिद्धिचरण चोक धर्मथपसम्म र इन्द्रचोकसम्म तथा जुद्ध शालिकबाट अगाडि न्युरोड गेटसम्म र हनुमानढोका परिसरका विभिन्न मठ मन्दिर, मखन महादेव, प्याफल, तलेजु मन्दिरलगायतका स्थान छन् ।

काठमाडौं महानगरपालिकाको भझ्यालो काठमाडौं अन्तर्गत हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको करसहित १ करोड ४२ लाख ४४ हजार रुपैयाँ लागतमा यी वत्ती जडान गरिएका हुन् । यसरी बल्ने बत्तीहरुमा पोलको एकातर्फबाट बल्व भएका ७२ वटा पोल छन् भने पोलको दुवैतर्फ बल्व बल्ने २० वटा पोल छन् । यी पोलहरुमध्ये पनि बसन्तपुर परिसरका २७ वटा पोलमा व्याट्री र प्यानल एउटै पोलमा जडान भएका छन् । बेलुकी अँध्यारो हुन थालेपछि आफैं बल्ने र विहान उझ्यालो हुन थालेपछि आफैं निभ्ने अटोमेटिक सिस्टमका सडक सौर्यवत्तीकाकारण अव सम्पदा क्षेत्रमा आउने पर्यटक तथा स्थानीयमा सुरक्षाको प्रत्याभूति हुने बताइएको छ । अँध्याराका कारण हुन सक्ने आपराधिक गतिविधि तथा क्रियाकलापमा न्युनीकरण भइ आपराधिक गतिविधिमा कमी आउने महानगरको अपेक्षा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप