कावेली इनर्जी र जलविद्युत लगानीवीच सहायक ऋण सम्झौता सम्पन्न
शुक्रबार, ०५ चैत २०७२, १८ : ११
काठमाडौं – बुटवल पावर कम्पनीको लगानी रहेको कावेली इनर्जी लिमिटड र नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड बीच सहायक ऋण सम्झौता सम्पन्न भएको छ । काबेलीले निर्माण गर्न लागेको ३७.६ मेगावाटको कावेली जलविद्युत आयोजनामा ४ करोड अमेरीकी डलर ऋण लगानी गर्ने सम्वन्धमा नेपाल सरकार र विश्व बैंक बीच भएको वित्तिय सम्झौता अनुसारको ऋण रकम कावेली इनर्जी लिमिटेडले प्राप्त गर्ने सम्वन्धमा सो सहमति भएको हो ।
आयोजनाको लागि अन्तर्राष्ट्रिय वित्त निगमसंग सम्पन्न भइसकेको ऋण सम्झौता अनुसार प्राप्त हुने ३ करोड ८६ लाख अमेरिकी डलर सहित विश्व बैंक समूहवाट उक्त आयोजनाको लागि प्राप्त हुने कुल ऋण लगानी ७ करोड ८६ लाख अमेरिकी डलर हुनेछ । यो सम्झौता सम्पन्न भएसंगै कावेली ‘ए’ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भएको छ र निर्माण कार्य अगाडि बढाउन बाटो खुलेको छ । यस आयोजनाको लागत ९ करोड ९५ लाख अमेरिकी डलर रहेको छ ।
आयोजनाको विद्युत खरिद विक्री सम्झौता नेपाल विद्युत प्राधिकरणसंग सम्पन्न भैसकेको छ । आयोजना निर्माणको लागि सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार नियुक्ति भइसकेको छ भने इलेक्ट्रोमेकानिकल ठेकेदार नियुक्तिको प्रकृया अघि बढिरहेको छ । हालसम्म यस आयोजनामा करिब रु ६४ करोड लगानी भइसकेको छ ।
कावेली ‘ए’ जलविद्युत आयोजना दैनिक उच्च माँग भएको समयमा चलाउन मिल्ने गरी खोलाको वहावमा आधारित आयोजना हो । यो आयोजना पूर्वी नेपालको ताप्लेजुड्ड र पाँचथर जिल्लामा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण