कटारी गोल्ड कप : विआरसी भुटानलाई पराजित गर्दै माईभ्याली इलाम फाईनलमा
शुक्रबार, ०५ चैत २०७२, १८ : १३
उदयपुर - उदयपुरको कटारीमा जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपमा माईभ्याली फुटबल क्लब, इलाम फाईनलमा प्रवेश गरेको छ । शुक्रबार प्mयान्स क्लब विआरसी भुटानलाई ० का विरुद्ध १ गोल गर्दै माईभ्यालीले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
कडा प्रतिष्पर्धात्मक खेलमा माईभ्यालीका जर्सी नम्बर ६ का राजकुमार कन्दङ्गबाले ६५ औं मिनेटमा गोल गरेका थिए । कन्दङ्गबाको सोही गोल खेलमा निर्णायक बन्यो । खेलमा म्यान अफ द म्याच माईभ्यालीका राजकुमार कन्दङ्गबा घोषित भए ।
अब आईतबार हुने फाइनलमा माईभ्यालीले उपाधिका लागि आयोजक कटारी ११ सँग प्रतिष्पर्धा गर्नेछ । आयोजकले विहिबार सशस्त्र प्रहरी बलको विभागिय टिम एपिएफलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा आप्mनो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ७५ हजारका साथमा ट्रफी हात पार्ने मूल आयोजक समितिले जनाएको छ । फागुन ३० देखि जारी प्रतियोगितामा ८ टिम सहभागी थिए । साथी समूह कटारी र कटारी नगरपालिकाको संयोजनमा कटारीमा कटारी गोल्डकपको दोस्रो संस्करण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष बिनोद कटुवाल दिवशले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण