शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा न्युजिल्याण्डद्वारा अस्ट्रेलिया पराजित

शुक्रबार, ०५ चैत २०७२, १८ : २८
शुक्रबार, ०५ चैत २०७२

काठमाडौं – भारतमा जारी आइसीसी टी–२० क्रिकेटमा न्युजिल्याण्डले अस्ट्रेलियालाई ८ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गर्दै न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया निर्धारित २० ओभरमा १ सय ३४ रनमा सिमित बन्यो । अस्ट्रेलियाले राम्रो शुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकने । अस्ट्रेलियालाई रोक्ने क्रममा मिचेल म्याक्लेगनले ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए । अस्ट्रेलियाका लागि ओपनर उसमान ख्वाजाले सर्वाधिक ३८ रन बनाए भने ग्लेन म्याक्सवेल र मिचेल मार्सले क्रमशः २२ तथा २४ रन बनाए । अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ३९ तथा ग्रान्ट इलियटले २७ रन बनाए । केन विलियमसन र कोलिन मुनुरोले क्रमशः २४ र २३ रन बनाए । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र जेम्स फल्कनरले २–२ विकेट लिए । पहिलो खेलमा भारतलाई पराजित गरेको न्युजिल्याण्डको यो लगातार दोस्रो जीत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप